नवौं एनभीए कप : खिल्जी युवा क्लबको टोली घोषणा
मंगलबार, ०८ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। खिल्जी युवा क्लबले नवौं एनभीए कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने पुरुष टिम घोषणा गरेको छ।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रमअनुसार पुस ११ गतेदेखि २० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, त्रिपुरेश्वरमा आयोजना हुने उक्त प्रतियोगितामा क्लबले आफ्ना खेलाडी दर्ता गराएको हो।
भूमिकास्थान नगरपालिका–६, खिल्जी अर्घाखाँचीमा अवस्थित क्लबले पुरुषतर्फ १५ सदस्यीय टिम दर्ता गरेको छ। टिममा नारायण थापा क्षेत्री, अनिश पाण्डे, उमेश थापा क्षेत्री, शेरबहादुर भलामी मगर, मिसन खड्का, तुसार क्षेत्र, मिलन सुनार, दिल बहादुर रावल, दीपक रेश्मी, सञ्जय सुनार, करण नेपाली र लक्ष्मण सुनार छन्।
त्यसैगरी निशान रोका सह–प्रशिक्षक, दुर्गाबहादुर खप्तरी प्रशिक्षक र बिष्णु बेल्वासे व्यवस्थापकको जिम्मेवारीमा रहेका छन्।










-1770898265562.jpg&w=3840&q=75)
-1770894249103.jpeg&w=3840&q=75)



-1770830065585.jpeg&w=3840&q=75)