महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

काठमाडौं। महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगितामा सहभागिता जनाउने नेपालको महिला तथा पुरुष दुवै टोली घोषणा भएको छ।
अखिल नेपाल कबड्डी संघले सोमबार ४ वैकल्पिक खेलाडीसहित २६ सदस्सीय टोली घोषणा गरेको हो।
प्रतियोगिता मलेसियाको राजधानी क्वालालम्पुरमा फाल्गुन १५ देखि १७ हुनेछ। महिला टोलीमा मानमती विष्टसहित जयन्ती बडु, अनुजा कुलुङ राई, मेनुकाकुमारी राजवंशी, नानुमाया पराजुली, मिना नेपाली, राधिका कठायत, आश्मा यादव, निशा खत्री, कलावती पन्त, विनीता पण्डित छेत्री र पुष्पा चौधरी छन्।
सृजना धानुक र कलावती विष्टलाई वैकल्पिक खेलाडीमा राखिएको छ। पुरुषतर्फ घनश्याम रोकामगरसहित गणेश पार्की, कल्याण भुजेल, पदमबहादुर विष्ट, सुशील चुनारा, गोविन्द खड्का, सुरज बोहरा, सागर यादव, संस्कार कुमार, प्रवीण खड्का, नीरज चन्द र सुशीलराम लोहार छन्।
घनश्याम यादव र शम्सेर मियालाई भने वैकल्पिक खेलाडीमा राखिएको छ।














-1765820073676.webp&w=3840&q=75)