शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

वीर गणेशमान बक्सिङमा महिलामा आर्मी च्याम्पियन

शुक्रबार, माघ २५, २०७५खेलपाटी संवाददाता
वीर गणेशमान बक्सिङमा महिलामा आर्मी च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबले वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ उपाधि जितेको हो । आर्मीलाई वीर गणेशमान फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंह, राखेपका सदस्य सचिव केशवकुमार विष्ट, प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले ट्रफी वितरण गरेका थिए ।

शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०–६४ केजी तौल समूहमा पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् ।

५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकै सुलभ थापामगरलाई हराइन् ।

५१–५४ केजीमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिस क्लबकी निशा तामाङलाई पराजित गरिन् ।

एपीएफका संगीता सुनार र माला राईले स्वर्ण हात पारे ।

संगीताले ५७–६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठलाई हराइन् ।

मालाले ४८–५१ केजीमा आर्मीकै विमला श्रेष्ठलाई पराजित गरिन् ।

४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले प्रदेश ५ की सुशिला थापालाई हराइन् ।

यसैगरी पुरुषको सेमिफाइनल चरणका खेल पनि शुक्रबार सम्पन्न भए ।

४९ केजीमा एपीएफक प्रदीप महर्जनले प्रदेश ७ का भानु विष्ट तथा आर्मीका सुशील थापाले प्रदेश ६ का मोहन गुरुङलाई हराए ।

आर्मीकै प्रेम चौधरीले ५२ केजी तौल समूहमा प्रदेश १ का सुलभ राज तुलाधरलाई हराए । एपीएफक विक्रम परियारले पुलिसका चन्द्रबहादुर थापालाई हराउँदै फाइनलमा स्थान बनाए ।

एपीएफका पुरन राई प्रदेश २ का गणेश थापालाई हराउँदै ५६ केजीको उपाधि भिडन्तमा पुगे । प्रदेश ७ का महेन्द्र चन्दलाई हराएका आर्मीका विमल रोकाले पुरनसँग फाइनलमा खेल्नेछन् ।

६० केजी तौल समूहमा आर्मीका एकबहादुर घले प्रदेश ५ का गणेश थापामगरबाट वाकओभर पाउँदै फाइनल पुगे । पुलिसका दिनेश श्रेष्ठले एपीएफका प्रकाश लिम्बूलाई हराउँदै एकबहादुरसँग उपाधि भिडन्त पक्का गरे ।

पुलिसका भुपेन्द्र थापा र एपीएफक सोनाम सार्कीले ६४ केजी तौल समूहको उपाधिका लागि खेल्नेछन् । भुपेन्द्रले आर्मीका सुरेश नेपालीलाई हराउँदा सोनामले प्रदेश ६ का इन्द्र सुनारलाई पाखा लगाए ।

६९ केजीमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश १ का राजेश गुरुङलाई नकआउट गरे । एपीएफका विकास लामाले प्रदेश ३ का मनिष डंगोललाई हराउँदै उपाधि भिडन्त पक्का गरे ।

७५ केजी तौल समूहमा एपीएफका सुमन कार्की र आर्मीका दिपक श्रेष्ठ फाइनल पुगेका छन् । सुमनले प्रदेश २ क दिवस गुरुङलाई हराउँदा दिपकले प्रदेश ३ का दिवेश भूमिलाललाई नकआउट गरेका थिए ।

आर्मीका रवी सुनारले प्रदेश ७ का हिक्मत बहादुर शाहीलाई हराउँदै ८१ केजीको फाइनलमा स्थान बनाए । उनलाई प्रदेश ५ का केशर खत्रीले चुनौती दिनेछन् । केशरले प्रदेश ४ का सुसन पुनलाई नकआउट गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल