सदस्य सचिव घिसिङ सहित ६ बोर्ड सदस्य राखेपबाट बिदा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ सहित ६ बोर्ड सदस्यहरु कार्यकाल पुरा गरी शुक्रबार राखेपबाट बिदा लिएका छन् ।
२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य सचिव घिसिङ सहित बोर्ड सदस्यहरु चार वर्षे कार्यकाल पूरा गरी राखेपबाट बिदा भएका हुन् ।
बोर्ड सदस्यहरु अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसारीले राखेपबाट बिदा लिएका हुन् । बोर्ड सदस्यहरुको कार्यकाल मंसिर ८ गते सकिएको थियो ।
शुक्रबार एक कार्यक्रमको बीच घिसिङ सहित राखेपका बोर्ड सदस्यहरुको बिदाई गरिएको छ ।
सदस्य–सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूदपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडीलाई धन्यवाद दिए ।
त्यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेपका सदस्य–सचिव घिसिङलाई बिदाइ गरेको थियो । राखेपका अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा हरिप्रसाद लम्सालले सदस्य–सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए।
सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए ।












-1764294451367.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)