सोमबार, १८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

शुक्रबार, ०५ मंसिर २०८२खेलपाटी संवाददाता
 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको माहोल तातिएको छ।

यही माहोलमा मैदानभित्र देखिएको एउटा दृश्य यस पटक बढी चर्चामा छ, सुदूरपश्चिम रोयल्सको जर्सीमा टाँसिएको ‘बाजी स्पोर्ट्स’। सामान्य खेल समाचार ‘वेबसाइट’ जस्तो देखिए पनि यसको वास्तविक कडी अनलाइन जुवा सञ्चालन गर्ने प्लेटफर्महरूसँग गाँसिएको छ।

586081810_1159296883020231_4384776698707435064_n

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजविरुद्ध साबिकको विजेता रोयल्सका खेलाडी मैदानमा उत्रिँदा उनीहरूको जर्सीमा प्रिन्ट भएको ‘बाजी स्पोर्ट्स’ को लोगो निकै नै स्पष्ट देखिन्थ्यो। यही जर्सी लगाएर रोयल्सका खेलाडीले ४० ओभर खेलका थिए।

तर, सतहमा समाचार वेबसाइटका रूपमा प्रस्तुत भए पनि यसको पछाडि ‘बाजी८८’ र ‘बाजी लाइभ’ जस्ता सट्टेबाजी नेटवर्क सक्रिय रहेको छ। यो कुनै नयाँ घटना पनि होइन। गत सिजनमा पनि रोयल्सले ‘बाबु८८ स्पोर्ट्स’ नामको अर्को बेटिङ प्लेटफर्मको सरोगेट लोगो प्रयोग गरेको थियो।

नेपाललाई लक्षित सट्टेबाजीको जालो

नेपालमै केन्द्रित भएर सञ्चालन भइरहेको ‘बीजे ८८एनपी.कम’ नामक वेबसाइटका सामग्रीहरू पूरा नेपाली भाषामा उपलब्ध छन्। उक्त वेबसाइटले आफूलाई ‘नेपालको लोकप्रिय अनलाइन जुवा स्थल’ भनेर खुलेआम प्रचार गरिरहेको छ।

सबैभन्दा चिन्ताजनक कुरा वेबसाइटले ई–सेवा, खल्ती र कनेक्ट आईपीएसजस्ता नेपाली भुक्तानी प्रणालीहरूको नाम राखेको छ। यसले अवैध प्लेटफर्मको पहुँच कति गहिरोसम्म छ भन्ने स्पष्ट संकेत दिन्छ।

584911721_1159296733020246_6245255991449258173_n

फ्रेन्चाइज टोलीले सट्टेबाजीसँग जोडिएका ब्रान्डहरूलाई जर्सीमा राख्नु नै गम्भीर विषय हो। तर, त्यसकै छेउमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) स्वयं पनि यस्तै गतिविधि गरिरहेको छ। क्यानले ‘डाफा बेट’ को सरोगेट ‘डाफा न्युज’ लाई प्रतियोगिताको आधिकारिक साझेदारका रूपमा प्रचार गरिरहेको छ।

नेपालमा यो लागू कानुनसँग ठोक्किन्छ। नेपालको विज्ञापन नियमन व्यवस्था अनुसार जुवा, सट्टेबाजी वा त्यसलाई प्रोत्साहित गर्ने सामग्रीलाई कुनै पनि माध्यमबाट प्रवर्द्धन गर्न पाइँदैन।

585556783_1159299156353337_7728804063553612178_n

नेपालमा जुवा वा सट्टेबाजी पूर्ण रूपमा अवैध छ। जुवा ऐन, २०२० ले जुवा खेल्न, खेलाउन वा त्यसलाई सहज बनाउने गतिविधिलाई निषेध गरेको छ। साथै विज्ञापन ऐन, २०७६ ले जुवा खेल्न वा चिठ्ठा किन्ने/किनाउन प्रेरित गर्ने कुनै पनि सामग्रीको विज्ञापन गर्न नपाइने प्रावधान राखेको छ।

अवैध बेटिङ व्यवसायलाई ‘समाचार पोर्टल’ वा ‘स्पोर्ट्स प्लेटफर्म’ को आवरणमा सामान्य विज्ञापनजस्तो देखाएर अघि बढाउनु नै ‘सरोगेसी’को मूल स्वरूप हो। यो विवाद सार्वजनिक भएपछि विज्ञापन बोर्डले क्यानसँग स्पष्टीकरण माग्न तयारी गरेको छ।

585610202_1159299929686593_2465464018677071099_n

तर, क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले भने यस मामिलामा अस्पष्ट नीति भएको कारण यस्ता कुरालाई सामान्य विज्ञापन सम्झौताझैँ व्यवहार गर्नुपर्ने भन्दै तर्किन्छन्। ‘बेटिङ साइटको प्रचार गर्न पाइँदैन। तर, सेरोगेटवाल कुरा कुनै कानुनमा उल्लेख छैन। त्यसैले यसलाई सामान्य विज्ञापनको रूपमा लिएका हौं,’ उनी भन्छन्।

उनको यो सामान्यीकरणसँगै देशको कानुनी र खेलकुदको नैतिक दायराभित्र सट्टेबाजी उद्योग अझ फस्टाउने देखिन्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा