टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने
शनिबार, कार्तिक ३०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको छैटौं संस्करण माघ ९ गतेदेखि १७ गतेसम्म हुनेछ। आयोजक टाइगर गुप्र अफ पोखराका अनुसार पुरुष र महिला दुवैतर्फको विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गर्न लागिएको हो।
उपविजेतालाई ३ लाख ६६ हजार ६६६ तथा तेस्रो स्थान हासिल गर्नेलाई १ लाख ६६ हजार ६६६ पाउने छन्।
सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ पाउने झन्। उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई समान ११ हजार ६६६ रुपैयाँ हात पार्नेछ।












