आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Bhat Bhateni Supermarket Ad

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता
खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी
Classic Tech Internet Ad

काठमाडौं। नेपालको राजनीतिमा नयाँ अनुहार देखिन थालेका छन्। सडकमा नारा लगाउने, घाइतेलाई अस्पताल पुर्‍याउने र भ्रष्टाचारविरुद्ध बोल्ने युवाबाट सिंहदरबारको मन्त्री बन्ने यात्रा तय गरेका छन्, बब्लु गुप्ताले।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेका २६ वर्षीय बब्लुले आइतबार युवा तथा खेलकुदमन्त्रीको शपथ ग्रहण गरेका हुन्। आन्दोलनको क्रममा उनी माइतीघरदेखि बानेश्वरसम्म सक्रिय थिए। प्रहरीले संसद भवनभित्र गोली चलाउँदा पनि उनी त्यहीँ घाइतेहरूका बीचमा रहे।

त्यही साहसका कारण उनलाई युवाको प्रतिनिधि स्वरूप सरकारले मन्त्री बनाएको हो। उनको राजनीतिक यात्रा समाजसेवाबाट सुरु भएको हो। सिरहाको लहानका स्थायी बासिन्दा बब्लुलाई उनका बुबाले उच्च शिक्षाका लागि बाल्यकालमै काठमाडौं पठाए।

उनले काठमाडौंमा पढाइसँगै सामाजिक काममा चासो बढाउँदै गए। म्यानपावर कम्पनीहरूमा ठगिएका युवाको समस्या समाधान, बिरामीका लागि रगत खोज्ने र गाउँबाट आएकालाई सहरमा सहयोग गर्ने कामले उनको सेवा भावना विकसित गर्‍यो।

९ वर्षअघि सडकमा दुर्घटनाग्रस्त व्यक्तिको उद्धार गर्न उनले ‘१०० ग्रुप’ नामक सामाजिक संस्था स्थापना गरे। यही समूहले कोभिड महामारीका बेला मजदुरलाई खाना खुवाउने, आइसुलेसन केन्द्र चलाउने, अक्सिजन सहयोग पुर्‍याउने र कपडा बैंकदेखि किताब बैंकसम्मका अभियान सञ्चालन गरेर राजधानीका सयौं मानिसको जीवनलाई सहज बनाइदियो।

पछिल्लो समय उनले ‘प्रोजेक्ट शिक्षा’ मार्फत ११० जना विपन्न विद्यार्थीलाई बसोबास र पढाइको व्यवस्था मिलाइदिएका छन्। तर, अब उनको यात्रा सडक र समाजसेवाको सीमामा मात्र सीमित नरहने भएको छ।

सिंहदरबार प्रवेशसँगै उनले खेलकुद र युवा नीति सुधारको जिम्मेवारी पनि काँधमा हालेका छन्। मन्त्री बने पछिको उनको पहिलो भनाइ छ,‘अब गफ होइन, काम गर्नुपर्छ।’ उनले मन्त्रालयभित्र अब भाषणभन्दा कार्यान्वयनमा जोड दिइने बताए।

स्रोत र समय दुवै सीमित भए पनि उनले काम र डेलिभरी गर्नुपर्ने पनि कुरा पनि धेरै छन्। त्यसैले कार्यदक्षता देखाउने वाचा उनले गरेका छन्। मन्त्रालयले अब हावादारी प्रतिज्ञा होइन, सम्भव योजना बनाउने उनी बताउँछन्।

‘भोलि वाचा गरेर नतिजा नदिँदा आशा मर्छ,’ उनले भने,‘त्यसैले अब हरेक कदम सोचेर अघि बढ्छौं।’ तर, बब्लुका अगाडि चुनौतीहरू थुप्रै छन्। देशको खेलकुद क्षेत्र अहिले विवाद र अव्यवस्थाले ग्रस्त छ।

नेपाल क्रिकेट संघ (क्यान) पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) विवादमा फसेको छ। गैरकानुनी प्रसारण अधिकारसम्बन्धी सम्झौता, अपारदर्शिता र कानुनी मिचेको कारण अख्तियारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सम्म मुद्दा पुगेको छ।

छानबिन समितिले क्यानले आवश्यक कागजात नदिएको, जानकारी लुकाएको र नियम विपरीत निर्णय गरिएको निष्कर्ष निकालेको छ। यसले देशकै सबैभन्दा लोकप्रिय खेल क्रिकेटमाथि नै जनविश्वास कमजोर बनाएको छ। उता, अखिल नेपाल फुटबल संघ (एन्फा) पनि आन्तरिक असन्तुलनमा छ।

एन्फाले लामो समयदेखि शीर्ष डिभिजन र राष्ट्रिय लिग नियमित रूपमा सञ्चालन गर्न सकेको छैन। क्लबहरूको असन्तुष्टि छन्। नेतृत्वको निर्णय प्रक्रियामा पारदर्शिताको कमीका कारण नेपाली फुटबल स्थगन र विवादको चक्रबाट निस्कन सकेको छैन। खेलाडीहरू बेरोजगारजस्तै भइरहेका छन्, समर्थकहरू निराश छन्।

यी दुवै उदाहरणले देखाउँछन्– नेपालमा खेलकुद प्रशासन शब्दमा होइन, व्यवहारमा सुधारको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि यसबीच अस्थिर बनेको छ। परिषद्का सदस्य सचिवको पदमा फेरबदल हुने चर्चा चलिरहेको छ। यसले खेल प्रशासनमा निरन्तरता र स्थायित्व अभाव देखाउँछ। राखेप अन्तर्गतका संघ–संस्था लामो समयदेखि गुटबन्दी र व्यक्तिगत स्वार्थमा अल्झिएका छन्।

मन्त्री बब्लुको पहिलो जिम्मेवारी यिनै संस्थागत गहिरा समस्याहरूलाई समाधान गर्नु हुनेछ। आफू मन्त्री बनेपछि पहिलो प्राथमिकता युवाका आवाजलाई एक ठाउँमा ल्याउने र त्यसलाई कार्यान्वयनमा रूपान्तरण गर्ने बताएका छन्।

उनले भनेका छन्,‘पहिले काम, त्यसपछि मात्रै रिपोर्ट।’ यसै माध्यमबाट उनले युवा आउँछ बोल्छ, कराउँछ र फर्किन्छ भन्ने परम्परागत दृष्टिकोण तोड्न खोज्ने सन्देश दिएका छन्। उनी सडकमा जसरी अग्रपंक्तिमा उभिए, अब नीति निर्माणमा पनि त्यसरी उभिने उनी दाबी गर्छन्।

नेपालमा अहिले युवा पुस्ता निराश छन्। देशभित्र अवसर खोज्नेभन्दा विदेश पलायन हुने बढ्दो लहर छ। यही कारण जेनजी आन्दोलनको नारा थियो– हाम्रो पुस्तालाई स्वदेशमै बस्ने वातावरण चाहिन्छ। अब त्यही पुस्ताबाट आएको मन्त्रीले त्यो नारा व्यवहारमा उतार्ने मौका पाएका छन्।

क्यान, एन्फा र राखेपजस्ता संस्थागत विवाद, स्रोतको सीमितता र राजनीतिक हस्तक्षेपबीच पनि बब्लु आफ्नो कामले उदाहरणीय परिणाम देखाउन सक्छन् भने त्यो उनको व्यक्तिगत उपलब्धि होइन, नेपालको नयाँ पुस्ताको विजय हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति

नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति

Bajaj Pulsar Motorcycle Ad
एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !