उषा र कामनाले यस वर्ष पनि माल्दिभ्समा भलिबल लिग खेल्ने
आइतबार, असोज २६, २०८२Admin User

काठमाडौं। नेपाली महिला भलिबल खेलाडी उषा भण्डारी र कामना विष्ट यस वर्ष पनि माल्दिभ्समा हुने ‘नाइबोली भलिबल च्यालेन्ज २०२५’ मा सहभागी हुने भएका छन्।
अक्टोबर १७ देखि ३० सम्म हुने यो प्रतियोगिता माल्दिभ्सको घरेलु स्तरको प्रतिष्ठित भलिबल प्रतियोगिता हो। उषाले यसअघि ६ पटक माल्दिभ्समा खेलिसकेकी हुन् भने यो उनका लागि सातौँ सहभागिता हुनेछ। उनले यसपटक हिन्नावरु स्पोर्ट्स क्लबबाट खेल्ने छिन्।
त्यसैबीच, कामनाले भने दोस्रोपटक उक्त प्रतियोगितामा सहभागिता जनाउँदै छिन्। उनी मंगलबार प्रस्थान गर्नेछिन् भने उषा आइतबार नै फ्लाइटमार्फत माल्दिभ्स उडेकी छन्।
नाइबोली भलिबल च्यालेन्जमा नेपाली खेलाडीहरू निरन्तर सहभागी हुँदै आएका छन्। यसले दक्षिण एसियाली महिला भलिबलको सम्बन्ध र अनुभव आदान–प्रदानमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।