मंगलबार, असोज २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

शनिबार, असोज ११, २०८२Admin User
एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्
Classic Tech Internet Ad

काठमाडौं । एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्दैछ । नेपालका मोटरस्पोर्ट्सका ६ खेलाडीले श्रीलंकामा जारी एसिया प्यासिफिक क्षेत्रको सबैभन्दा ठुलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका छन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को व्यवस्थापनमा ६ जना नेपाली खेलाडी र १ जना अफिसियल कोलम्बो पुगिसकेका छन् । श्रीलंकाको कोलम्बो पुगेका २५ देशका २ सय १० ड्राइभरहरुले शनिबारदेखि प्रारम्भिक चरणको रेसिङ्गमा सहभागी हुनेछन् । आईतबार फाइनल चरणका रेस सहित च्याम्पियनसिपको समापन हुनेछ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए)को वार्षिक क्यालेण्डरमा इन्टरकन्टिनेन्टल गेम्सको मान्यताप्राप्त प्रतियोगितामा अटो–जिमखाना, क्रस–कार, अटोक्रस तथा ई–स्पोर्ट्स विधामा नेपालबाट आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनुवार र रोशन अधिकारी गरी ६ खेलाडी सहभागी छन् भने टिम म्यानेजरको रुपमा आशीष रौनियार छन् ।

आशिष (रोनी) भारती

ललितपुरका ३१ वर्षिय आशिष (रोनी) भारती फोर ह्विलर्स रेसिङमा नेपालका उत्कृष्ट खेलाडी हुन् । यस अघि मलेसियामा भएको एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिपमा पनि आशिष सहभागी थिए । भारत र थाइल्यान्डमा २०१८, इन्डोेसियामा २०१९ र मलेसियामा २०२३ मा भएका अन्तर्राष्ट्रिय स्तरको अटो जिमखाना प्रतियोगितामा उनले भाग लिएका छन् । राष्ट्रिय प्रतियोगिताहरूमा भने अटो जिमखाना चितवन २०२३, टाइम अट्याक च्यालेन्ज २०२२, नेसनल अटोक्रस २०२४ र माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभल २०२५ मा उपाधि जितेका छन् । उनको रमाइलो भनाइ छ, ‘म कार नै खान, पिउन र सुत्न सक्छु यो मेरा लागि जीवनशैली हो ।’

राजकुमार कार्की

नुवाकोटका २८ वर्षिय राजकुमार कार्की नेपालका चर्चित बाइक रेसर हुन् । उनी एक दशक भन्दा बढी समयदेखि यस खेलमा आबद्ध छन् । टु ह्विलर्स रेसिङका चर्चित खेलाडी उनी १० पटकभन्दा बढीका पोडियम होल्डर हुन्, जुन नेपालको लागि कीर्तिमान समेत हो । उनी विभिन्न अन्तर्राष्ट्रिय इभेन्टमा समेत सहभागी भइसकेका छन् । फोर ह्विलरमा भने उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

बिपास्ना तामाङ

चाँगुनारायण भक्तपुरकी २७ वर्षिया बिपास्ना तामाङ इभेन्ट होस्ट हुँदै मोटरस्पोट्र्समा लागेकी हुन् । केही समयअघि भएको बागमती अटो जिमखाना च्याम्पियनसिप नै उनको पहिलो राष्ट्रिय स्तरको इभेन्ट हो, जहाँ उनी दोसो भएकी थिइन् । उनको पहिलो सहभागिताले आगामी दिनमा अझै अब्बल प्रदर्शनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

जय प्रताप मास्के

काठमाडौं बौद्धका २९ वर्षिय जय प्रताप मास्के खासमा सिम रेसिङका खेलाडी हुन् । उनले सन् २०२३ मा सिङ्गापुरमा आयोजित ओलम्पिक ई–स्पोर्ट्स सिरिजमा नेपालका एक मात्र खेलाडीको रुपमा प्रतिनिधित्व गरिसकेका छन् । कोलम्बोमा भइरहेको अटोक्रस फम्र्याटको क्रसकार रेसमा उनले भाग लिदैछन् । क्रस कार इभेन्ट विश्वमै नौलो प्रतिस्पर्धा भएकोले यसमा नेपाली खेलाडीको पनि राम्रो सम्भावना रहेको विश्वास रहेको उनको भनाइ छ । उनी आफै नेपालमा सिम रेसिङको व्यवसाय पनि गर्छन् र भविष्यमा अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ लिने, प्रो–ड्राइभर बन्ने र ट्रेनर बन्ने लक्ष्य रहेको बताउँछन् ।

रबिन (रेहान) सुनवार

बुढानीलकण्ठका २७ वर्षिय रबिन (रेहान) सुनवारले सन् २०२२ मा मुलपानीमा भएको टाइम अट्याक च्यालेन्जबाट मोटरस्पोट्र्समा यात्रा सुरु गरेका थिए । उनले सन् २०२४ मा चन्द्रागिरीमा भएको अटोक्रसमा चौथो स्थान हात पारेका थिए । त्यस्तै अन्य इभेन्टमा समेत उनले उपाधि हासिल गरेका छन् । सानै उमेरदेखि रेसमा रुचि राख्ने रबिनले पहिलो पटक अन्तर्राष्ट्रिय इभेन्टमा सहभागिता जनाउन लागेका हुन् । यसका लागि उनी निकै उत्साहित छन् ।

रोशन अधिकारी

कास्कीका २५ वर्षीय रोशन अधिकारीले आफ्नो मोटरस्पोट्र्स यात्रा सन् २०१८ मा भारतको कोयम्बटुरमा फर्मुला फोर्डमार्फत सुरु गरेका हुन् । ट्रर्याकमा रेसिङसँगै उनले ई–स्पोर्ट्स तर्फ रुचि बढाउँदै सन् २०२२ देखि अष्ट्रेलियाका स्थानीय इभेन्टहरुमा प्रतिस्पर्धा गर्दै आएका छन् । हाल सिड्नी मोटरस्पोर्ट क्लबका अधिकृत समेत भएकाले उनलाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स समुदायसँग नजिक हुन मद्दत गरेको छ ।

पहिलो पटक एसिया–प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप जस्तो अफिसियल इभेन्टमा सहभागी हुन लागेका उनले श्रीलङ्कामा हुने प्रतियोगितालाई आफ्नो करियरमा ठूलो अवसरका रूपमा लिएका छन् । हाल अष्ट्रेलियामा बसोबास गर्ने रोशन विभिन्न ई–स्पोर्टस् प्रतियोगितामा भाग लिएर राम्रो प्रदर्शनी गर्दै आएका छन् र श्रीलङ्का आउने अन्तर्राष्ट्रिय खेलाडीहरुलाई टक्कर दिने अनुमान गरिएको छ ।

motersports asian

एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने एसिया प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो मोटर स्पोट्र्सको प्रतियोगिता हो । सन् २०२३ मा मलेसियाको सेपाङ अन्तर्राष्ट्रिय सर्किटबाट सुरु भएको यस च्याम्पियनसिपको दोस्रो संस्करण आज सुरु भई २८ सेप्टेम्बरमा श्रीलङ्काको कोलम्बो स्थित श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न हुनेछ ।

मोटरसाइक्लिङ रेसिङ अत्यन्तै लोकप्रिय रहेको देश नेपालमा मोटर स्पोर्ट्सका भने अटो जिमखाना, अटोक्रस र कार्टिङका इभेन्टहरु प्रचलित छन् भने टीएसडी र्याली र टुरिङ खेल पर्यटनको समेत पर्याय बन्दै गएका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार चौथो हार

नेपालको लगातार चौथो हार

सुमनले आफ्नै पोस्टमा गरे गोल

सुमनले आफ्नै पोस्टमा गरे गोल

इतिहासमै पहिलोपल्ट जापानसँग हार्‍यो ब्राजिल

इतिहासमै पहिलोपल्ट जापानसँग हार्‍यो ब्राजिल

भारतको ह्वाइटवाश

भारतको ह्वाइटवाश

नेपालको आईसीसी टी–२० आई वरीयतामा सुधार

नेपालको आईसीसी टी–२० आई वरीयतामा सुधार

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

विश्वकपमा ओमानको स्थान लगभग पक्का

विश्वकपमा ओमानको स्थान लगभग पक्का