मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

शनिबार, २८ भाद्र २०८२Admin User
अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !
Loading ad...
mustang rice ad

काठमाडौं। ८ सेप्टेम्बरमा सुरु भएको जेनजी प्रदर्शनले भोलिपल्टै देशभर उग्र रुप लियो। राजधानीका सडकदेखि तराई र पहाडका सहरसम्म युवाहरूको भीड ओर्लियो।

शीर्ष नेताहरूका घरहरू ढुंगामुढा र आगजनी भए। यो सडकमा देखिएको आवेग मात्रै थिएन, नयाँ पुस्ताको असन्तोषको आवाज थियो। यस्तै माहोलमा अनौठो तरंग फुटबलमा पनि पस्न थाल्यो। सामाजिक सञ्जालमा अचानक ‘एन्फामा पनि क्रान्ति आवश्यक छ’ भन्ने ट्रेन्ड चल्यो।

यत्तिकैमा अझै अनपेक्षित घटना भयो। अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई शीर्ष पदाधिकारी अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई दुवैजना आफ्नो फेसबुक ‘डिएक्टिभ’ गरेर एकाएक गायब भए।

हुन त यी दुई राजनीतिक पार्टीबाट अछुतो छैनन्। नेम्वाङ नेपाली कांग्रेसनिकट छन्। राई भने नेकपा माओवादीतर्फ। यी दुई सामान्यतया राजनीतिमा पनि सक्रिय रहन्छन्। फेसबुकमा भिडियो र तस्बिर पोस्टाइरहन्छन्। तर, यति धेरै सामाजिक सञ्जालमा झुम्मिने यी दुई पात्र अचानक गायब हुँदा अझै धेरै प्रश्न उब्जिए।

चार दिनसम्म देश उथलपुथलमै रह्यो। कर्फ्यूले सडक सुनसान भए पनि फेसबुक र ट्वीटरमा चर्चा र अड्कलबाजी चर्कियो—किन गायब भए नेम्वाङ र राई? के कुनै दबाब थियो? वा उनीहरूले आफैंलाई जोगाउन खोजेका हुन्?

समयसँगै आन्दोलनको पहिलो लहर थामियो। जनजीवन सामान्य बन्दै गयो। शनिबारदेखि त कर्फ्यू र निषेधाज्ञा पनि हटाइयो। त्यसपछि एन्फाको आधिकारिक पेजमार्फत सन्देश आयो—नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई अनि आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली। एउटा खेलकुद संस्थाबाट यस्तो सन्देश अपेक्षा गरिएकै थियो। फुटबल संघले देशको राजनीतिक नाडीसमेत छामेको संकेत देखियो।

तर, सबै कुरा सामान्य जस्तो देखिए पनि प्रश्न भने उस्तै रहिरहेको छ। किन अझै फेसबुकलगायत सामाजिक सञ्जालमा अझै देखिएका छैनन् अध्यक्ष नेम्वाङ र महासचिव राई? फुटबल संघ लामो समयदेखि विवाद र असन्तोषको घेरामा छ। यस्तो बेला नेतृत्व नै गायब हुँदा झन् ठूलो रहस्य बनेको छ।

देश फेरि आफ्नो गतिमा फर्किँदैछ, सडकमा चहलपहल बढ्दैछ। तर, एन्फाको नेतृत्वको ‘डिजिटल चुप्पी’ अझै प्रश्नको घेरामा छ। कतै भोलि यो मौनताले फुटबल र राजनीतिबीचको गहिरो सम्बन्ध खुल्ने त होइन भन्ने प्रश्न भने अझै खुलै छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित