शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

२०२५ सेप्टेम्बर १३, शनिबारAdmin User

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

काठमाडौं। ८ सेप्टेम्बरमा सुरु भएको जेनजी प्रदर्शनले भोलिपल्टै देशभर उग्र रुप लियो। राजधानीका सडकदेखि तराई र पहाडका सहरसम्म युवाहरूको भीड ओर्लियो।

शीर्ष नेताहरूका घरहरू ढुंगामुढा र आगजनी भए। यो सडकमा देखिएको आवेग मात्रै थिएन, नयाँ पुस्ताको असन्तोषको आवाज थियो। यस्तै माहोलमा अनौठो तरंग फुटबलमा पनि पस्न थाल्यो। सामाजिक सञ्जालमा अचानक ‘एन्फामा पनि क्रान्ति आवश्यक छ’ भन्ने ट्रेन्ड चल्यो।

यत्तिकैमा अझै अनपेक्षित घटना भयो। अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई शीर्ष पदाधिकारी अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई दुवैजना आफ्नो फेसबुक ‘डिएक्टिभ’ गरेर एकाएक गायब भए।

हुन त यी दुई राजनीतिक पार्टीबाट अछुतो छैनन्। नेम्वाङ नेपाली कांग्रेसनिकट छन्। राई भने नेकपा माओवादीतर्फ। यी दुई सामान्यतया राजनीतिमा पनि सक्रिय रहन्छन्। फेसबुकमा भिडियो र तस्बिर पोस्टाइरहन्छन्। तर, यति धेरै सामाजिक सञ्जालमा झुम्मिने यी दुई पात्र अचानक गायब हुँदा अझै धेरै प्रश्न उब्जिए।

चार दिनसम्म देश उथलपुथलमै रह्यो। कर्फ्यूले सडक सुनसान भए पनि फेसबुक र ट्वीटरमा चर्चा र अड्कलबाजी चर्कियो—किन गायब भए नेम्वाङ र राई? के कुनै दबाब थियो? वा उनीहरूले आफैंलाई जोगाउन खोजेका हुन्?

समयसँगै आन्दोलनको पहिलो लहर थामियो। जनजीवन सामान्य बन्दै गयो। शनिबारदेखि त कर्फ्यू र निषेधाज्ञा पनि हटाइयो। त्यसपछि एन्फाको आधिकारिक पेजमार्फत सन्देश आयो—नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई अनि आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली। एउटा खेलकुद संस्थाबाट यस्तो सन्देश अपेक्षा गरिएकै थियो। फुटबल संघले देशको राजनीतिक नाडीसमेत छामेको संकेत देखियो।

तर, सबै कुरा सामान्य जस्तो देखिए पनि प्रश्न भने उस्तै रहिरहेको छ। किन अझै फेसबुकलगायत सामाजिक सञ्जालमा अझै देखिएका छैनन् अध्यक्ष नेम्वाङ र महासचिव राई? फुटबल संघ लामो समयदेखि विवाद र असन्तोषको घेरामा छ। यस्तो बेला नेतृत्व नै गायब हुँदा झन् ठूलो रहस्य बनेको छ।

देश फेरि आफ्नो गतिमा फर्किँदैछ, सडकमा चहलपहल बढ्दैछ। तर, एन्फाको नेतृत्वको ‘डिजिटल चुप्पी’ अझै प्रश्नको घेरामा छ। कतै भोलि यो मौनताले फुटबल र राजनीतिबीचको गहिरो सम्बन्ध खुल्ने त होइन भन्ने प्रश्न भने अझै खुलै छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

Bhat Bhateni
शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली