काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले सोमबार बिज्ञप्ती जारी गर्दै माघ २२ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
काठमाडौंको बसन्तपुर डबलीमा सञ्चालन हुने प्रतियोगिता भोली (मंगलबार) दिउँसो एक बजे सुरु हुनेछ । प्रतियोगितालाई फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् ।
योङ स्टार क्लबले गणेशमान सिंहको नाममा यसअघि दुई पटक खुला बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितालाई टिभिएसले ६ लाख रुपैया“को मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाईकल र महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ तौल र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४६–४९ केजी, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समुह समावेश छ । महिला खेलाडी ४५–४८ केजी, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा भिड्नेछन् ।
हरेक तौल समूहको विजेताले २५ हजार दोस्रो हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनामा ८० लाख खर्च हुने र राखेपले ५० लाख रकम उपलब्ध गराएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले बताएका छन् ।