बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

युरोप टूरमा चम्किएकी सिभाली 

सोमबार, ०९ भाद्र २०८२खेलपाटी संवाददाता
युरोप टूरमा चम्किएकी सिभाली 
Loading ad...
mustang rice ad

काठमाडौं । टेनिसकी युवा खेलाडी शिभाली गुरुङ्गले युरोप टूरमा शानदार प्रर्दशन गरेकी छिन् ।

ग्रान्ड स्ल्याम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटीएफ/एटीएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत युरोपका विभिन्न देश पुगेकी शिवालीले उत्कृष्ट प्रर्दशन गरेकी हुन् ।

शिवालीले युरोप र त्यसपछि मलेसियामा भएको प्रतियोगिताबाट यू–१४ को डबल्स इभेन्टमा दुई स्वर्ण, डबल्स इभेन्टमै दुई रजत र सिंगल इभेन्टमा एक कास्य पदक हात पारिन् ।

फ्रान्समा भएको ओपन स्टेट फ्राकाइसमा शिवालीले डबल्स इभेन्टमा स्वर्ण पदक हात पारेकी थिईन् । त्यसपछि जर्मनीमा भएको इन्टरनेश्नल डुउत्से टेनिस मिस्टरचाफ्टेनको डबल्स इभेन्टमा फाइनल खेलेकी शिवाली बेल्जियमको यङ च्याम्पियनसिपको सोही स्पर्धामा फाइनल खेलिन् । बेल्जियममा शिवालीले सिंगल्स ईभेन्टमा कास्य पदक समेत जित्न सफल भईन् । 

युरोप टूरपछि मलेसियामा भएको एटीएफ यू–१४ साउथ इस्ट एसियाको डबल्समा शिवालीले स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेकी छिन् । 

 

एसियामा चौथों वरियता प्राप्त गरेपछि शिभालीले युरोप टूरमा मौका पाएकी हुन् । उनी आईटीएफ/एटीएफको कार्यक्रममा युरोपमा खेल्ने पहिलो युवा खेलाडी हुन् । उनी सम्मिलित कार्यक्रममा एसियाबाट समान ६/६  पुरुष र महिला युवा खेलाडी छनोट भएका थिए । 

ग्रान्डस्लामलाई लक्ष्य बनाएर टेनिसमा होमिएकी शिभाली पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त छिन् । उनकै टेनिस करियरलाई हौसला थप्न भन्दै रिटेल बिजनेशको अग्रणी संस्था भाटभटेनी सुपर मार्केट समूहले प्रायोजन समेत गरेको छ । पछिल्लो समय भाटभटेनी समूहले शिभालीको खेल यात्रामा सहयोग पुर्याउने उद्धेश्यले २० लाख रुपैयाको प्रायोजन गरेको थियो ।

शिभालीको प्रर्दशनबाट उत्साहीत बनेका उनका बुवा सिमान्त गुरुङ्ग भन्छन्, ‘शिभालीलाई अन्तराष्ट्रिय प्रतियोगितामा व्यस्त राखेर टेनिसमा ऐतिहासिक नतिजा निकाल्ने सपना छ ।’ 
 

Loading ad...
LiNing Ad
# सिभाली

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै