काठमाडौं । ललितपुरको योङ्ग स्टार ब्याडमिन्टन क्बलका सुमन शाक्य र सुनिल शाक्यको जोडी नवौं बविन स्मृती ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।
पुरुष युगलमा मात्र भएको प्रतियोगितामा बिश्रान्ति ब्याडमिन्टन क्लबका तुलसी कुमार महर्जन र मधुकर लामीछानेको जोडीलाई १४–२१, २१–१६, २१–१६ को सेटमा पाखा लगाउँदै शाक्यको जोडी अन्तिम आठमा प्रवेश गरेको हो ।
भिमसेनगोलास्थित आउटडोर एकल कोर्टमा भएको अर्को प्रतिस्पर्धामा तीनचुली ब्याडमिन्टन क्लबका अभिशेष गुरुङ्ग र आकाश छन्त्यालको जोडी पनि क्वाटरफाईनलमा स्थान बनाउन सफल भयो ।
गुरुङ्ग र छन्त्यालको जोडीले देवीनगर ब्याडमिन्टन क्लबका सुमन श्रेष्ठ र कृष्ण सापकोटाको जोडीलाई २१–१३, २१–११ को सोझो सेटमा पराजित गरेका हुन् ।