शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

२०२५ अगस्ट १३, बुधबारखेलपाटी संवाददाता

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

काठमाडौं। आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्।

बसुन्धरास्थित आयोजककै हातामा भएको नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे। विर्तामोड कलेजका मिसन दाहाल दोश्रो तथा सेन्ट जेभियर्सका अभिक शाह तेश्रो भए।

दुवैले समान ६–६ अंक जोडेपनि प्रोग्रेसिभ अंकका आधारमा मिसन दोश्रो भएका हुन्। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पारे।

पुल्चोक इन्जिनिएरिङ कलेजका सुजन काफ्ले चौथो, हेराल्ड कलेजका सम्यक श्रेष्ठ पाँचौं, विर्तामोड कलेजका रिसोन थापा छैटौं, सोफ्टवारिकाका कुशल बेल्वासे सातौं, बीएन एकेडेमीका अविन पाण्डे आठौं, सेन्ट जेभियर्सका शुभम श्रेष्ठ नवौं र कशिभ कार्की दसौं स्थानमा रहे।

तेश्रोदेखि दसौं हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार ५ सय, ४ हजार, ३ हजार ५ सय र ३ हजार नगद पुरस्कार हात पारे।महिलातर्फ द चाँदबागकी कुसुम घिसिङ पहिलो र ट्रिनिटीकी रिया श्रेष्ठ दोश्रो भए।

कुसुमले १० हजार तथा रियाले ५ हजार नगद पुरस्कार पाए।

विजेतालाई टोखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राना, आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी, साउथ वेस्टर्नका भाइस प्रिन्सिपल हरिसिंह केसी, इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।सो अवसरमा क्याम्पस प्रमुख केसीले कलेजले क्लबनै स्थापना गरी बुद्धिचाललाई अगाडि बढाउने घोषणा गरे।

विजेता पुरुषोत्तमले जितेको पुरस्कारबाट क्लबलाई ५ हजार सहयोग गर्ने बताए। दुईदिने प्रतियोगितामा विभिन्न ४० कलेजका १ सय ३ खेलाडी सहभागी थिए।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले