शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Bhat Bhateni Supermarket Ad

नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति

बुधबार, २८ श्रावण २०८२खेलपाटी संवाददाता
नेपाल ओलम्पिक कमिटीको विवाद : खेलभन्दा बढी राजनीति
mustang rice ad

काठमाडौं। नेपालमा रुक्मशम्शेर राणा र ध्रुवबहादुर प्रधानबीचको नेपाल ओलम्पिक कमिटी (एनओसी) नेतृत्व विवाद २०६४ साल (सन् २००७) मा सुरु भएको हो। उक्त विवाद एनओसी निर्वाचनपछि उत्पन्न भयो। त्यसबेला दुवै पक्षले आफूलाई वैध नेतृत्वको दाबी गरे।

१७ असोज २०७० (४ अक्टोबर २०१०) सर्वोच्च अदालतले राणा नेतृत्वको समितिलाई मान्यता दिने फैसलाले विवाद अझ उग्र बनायो। तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भने प्रधानको समितिलाई मान्यता दिन जारी राख्यो। यसले वैधताको प्रश्नमा अझ ठूलो द्विविधा निम्त्यायो।

कयौं वर्षसम्म कानुनी र प्रशासनिक लडाइँ चलेपछि २०७२ असारमा (जुलाई २०१५) दुवै पक्षबीच सहमति ज्ञापन (एमओयू) मा हस्ताक्षर भयो र सहकार्य गर्दै नेपाली खेलकुदको विकासका लागि मिलेर काम गर्ने निर्णय गरियो। तर, २०७४ (सन् २०१७) मा पुनः तनाव चर्कियो। राणा पक्षले सातदोबाटोस्थित एनओसी कार्यालय सिल गरेको घटनाले विवादलाई पुनः तातो बनायो। यसलाई सर्वोच्च अदालतले रोक लगाउने आदेश दियो।

हालको घटनाक्रम
२७ साउन २०८२ मा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद ८, दफा ३७ को प्रावधान उल्लंघन गर्दै प्रधानको नेतृत्वमा तदर्थ समिति गठन गरेको समाचार सार्वजनिक भयो।

यसअघि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २२, उपदफा ४ मा उल्लेखित २ कार्यकाल मात्र हुने प्रावधानलाई  उल्लंघन गर्दै एनओसीको विधान परिवर्तन गरी ३ कार्यकालको व्यवस्था गरे र आइओसीबाट अनुमोदन गराए। यसपछि उनी तेस्रो कार्यकालका लागि निर्वाचित भए।

आइओसीले उक्त निर्वाचनलाई मान्यता दियो। तर,  खेलकुद मन्त्रालय र राखेपले यसलाई अवैध घोषित गर्‍यो। यस सम्पूर्ण घटनाक्रममा राष्ट्रिय खेलकुद संघहरू पनि दुई भागमा विभाजित भएका छन्। प्रधान र श्रेष्ठ दुवैजना पूर्वमन्त्री र हाल सक्रिय राजनीतिज्ञ हुन्। प्रधान राप्रपाका वरिष्ठ नेता हुन् भने श्रेष्ठ नेकपा समाजवादीका नेता।

यस कारण विवाद अब खेलकुदको दायराभन्दा बाहिर र राजनीतिक ध्रुवीकरणको केन्द्रबिन्दुमा पुगेको देखिन्छ। यसले खेलाडी र प्रशिक्षकहरूको २०औं एसियन गेम्स तयारी, दक्षिण एसियाली र एसियाली खेलमा सहभागितामा प्रत्यक्ष असर पर्नेछ।

समाधानको सम्भावना
यो विवाद छिट्टै समाधान हुने सम्भावना न्यून देखिन्छ। बरु पेचिलो र लामो समयसम्म चल्ने संकेतहरू स्पष्ट छन्। यस्तो अवस्थामा सम्पूर्ण खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूले सचेत भएर भूमिका निर्वाह गर्नु अपरिहार्य बनेको छ।

नेपालको खेलकुदलाई व्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेपबाट बचाउनु नै अबको प्रमुख चुनौती हो।  विवाद चुलिँदै जाँदा आइओसीले नेपाललाई निलम्बन गर्ने खतरा छ।

लामा राखेपका पूर्व सदस्यसचिव तथा नेपाल कराते संघका अध्यक्ष हुन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Bajaj Pulsar Motorcycle Ad
स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

१० खेलसम्म अपराजित रहने लिभरपुलको कीर्तिमान कायमै

१० खेलसम्म अपराजित रहने लिभरपुलको कीर्तिमान कायमै

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित