पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
शुक्रबार, साउन १७, २०८२खेलपाटी संवाददाता

धरान। डिपो स्कुलको आयोजनामा सुरु भएको चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगितामा पहिलो दिन प्रभात, आइडल, काम्रेल र हिमशिखर स्कुल विजयी भएका छन्।
उद्घाटन खेलमा प्रभात स्कुलले गत संस्करणको विजेता सियोन स्कुललाई ३०–२५ ले हरायो। आइडल स्कुलले दिल्ली पब्लिक स्कुललाई २६–१०, काम्रेलले ब्राइट फ्युचरलाई ५०–९ र हिमशिखर स्कुलले माउन्ट हर्मनलाई ४०–१३ ले पराजित गरे।
१८ टिम सहभागी प्रतियोगिता डिपो स्कुलको कोर्टमा सञ्चालन भइरहेको छ। विजेता टिमले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



