विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
-1752846588.jpeg&w=3840&q=75)
काठमाडौं। दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ।
टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ। प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ।
खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन्।
प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन्। प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानिय ५ क्लबसंग अभ्यास खेल पनि खेल्ने छ।
एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो। प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन्।
विश्वकपको दोश्रो संस्करण १३ वर्षपछि हुन लागेको हो। पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)
