नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
मंगलबार, ३१ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलबार हस्तान्तरण गरेको छ।
नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे।
करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामाग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)
