खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
बुधबार, १८ असार २०८२खेलपाटी संवाददाता

बुटवल। नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको साधारणसभा तथा निर्वाचनले सुमन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
बुधबार सम्पन्न चुनावी साधारणसभाबाट ११ जना नै निर्विरोध निर्वाचित भएका हुन्। हरेक पदमा एक जनाको मात्रै मनोनयन पत्र दर्ता भएपछि सबै निर्विरोध निर्वाचित भएका हुन्।
उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तीक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना र सहसचिवमा सञ्जु पौडेल चुनिए।
सदस्यमा राधेश्याम विश्वकर्मा, कृष्ण भण्डारी, विकाश पराजुली, इन्द्र खत्री र मनोज थापा चुनिएको निर्वाचन समितिका संयोजक दिनेश पाण्डेले जानकारी दिए।






-1771251202949.avif&w=3840&q=75)

-1771557471194.webp&w=3840&q=75)





-1771470795575.webp&w=3840&q=75)