शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

२०२५ जुन २५, बुधबारखेलपाटी संवाददाता

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

काठमाडौं। लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ।

संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्फत गर्नुपर्ने मान्यता राख्ने गर्दछ। खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो साहश र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघको संयुक्त आयोजना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधबार एक दिने प्रशिक्षण आयोजना गरेको हो। नेपालमा असार १२ गते लागु औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ।

सोही अवसरमा यसको रोकथामबारे अभियान चलाउने उद्देश्यअनुरूप उक्त कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए। उक्त कार्यक्रममा करिब दुई सय जना सहभागी भएको ओझाले जानकारी दिए। लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षणमा न्यार्कोटिकभित्र एन्टी डोपिङ पनि समावेश गरिएको छ। 

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टि डोपिङका बारेमा प्रशिक्षण दिइएको हो। यस प्रशिक्षणमा लागुऔष सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे कक्षासहित विभिन्न वक्ताले धारणा राखेका थिए।

उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युएनओडीसीका हेड अलिरिच मैइजर र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले धारणा राखेका थिए। 

उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले भने एन्टी डोपिङका बारेमा सबै खेलाडीले बुझ्नु जरुरी रहेको र यसको सेवनले खेलाडीको खेलजीवनै समाप्त हुनबारे धारणा राखेका थिए। त्यसैले हरेक खेलाडीले यस विषयमा सचेत हुनु पर्ने र यस्ता कार्यक्रम खेलाडीका लागि निकै फलदायी हुने उनको भनाइ थियो।

साथै उक्त प्रशिक्षणमा एन्टिडोपिङ भनेको के हो ? यसको सेवनले के हुन्छ ? कस्तो अवस्थामा यसको चेकजाँच हुन्छ ? यसले खेलाडीको जीवनमा कस्तो प्रभाव पार्छ र आम सर्वसाधरण जन्तालाई एन्टी डोपिङ बारेमा बुझाउन खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे प्रशिक्षण कक्षा सहित विभिन्न वक्ताले धारणा पनि राखेका थिए।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’