शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य

मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य

२०२५ जुन २०, शुक्रबारखेलपाटी संवाददाता

मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य

काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल)ले मोटर स्पोर्ट्सको ईभेन्टमा स्वीकृति अनिवार्य गरेको छ । 

नासा नेपालले सुचना जारी गर्दै मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ्, र्यालिङ्ग तथा टुरिङ्ग, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता इभेन्ट र कार्यक्रममा संघको स्वीकृतिलाई अनिवार्य गरेको हो । 

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले नेपालको ऐन, कानुनलेनै राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमका लागि खेलकुदको कार्यकारी निकाय र संघको स्वीकृति अनिवार्य गरेकाले त्यसलाई लागु गर्न खोजिएको बताए ।

‘खेलकुद सम्बन्धि कुनैपनि कार्यक्रम र प्रतियोगिता सरकारी निकाय मार्फत आबद्धता र स्वीकृति गराउनु सबैको हितमा हुने विषय मात्र नभई विद्यमान कानुनी र प्रचलित व्यवस्था पनि हो ।’ भट्टराईले भने ।

संघसँग स्वीकृति नलिएर सञ्चालन गरिएका मोटर स्पोर्ट्सका कार्यक्रम तथा इभेन्टमा धेरै विवाद निम्तने गरेको देखिएकाले त्यसको स्वीकृतिलाई अनिवार्य गर्न लागिएको नासा नेपालले जनाएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४५ को १ मा नीति क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना वा सञ्चालन गर्नु अघि सम्बन्धित खेल संघ वा महासंघको सिफारिस सहित परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था छ । 

नासा नेपाल मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको राष्ट्रिय खेल संघको रुपमा रहेको छ । जसले नेपालमा मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्न अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए)बाट समेत सदस्यता प्राप्त गरेको छ । 

संघका अध्यक्ष दशरथ रिसालले देशको नियम कानुन विपरित विभिन्न किसिमका कार तथा मोटरसाइकलका रेसिङ, र्यालिङ्ग तथा टुरिङ लगायतका प्रतियोगिता भैरहेको उल्लेख गर्दै त्यसले ड्राइभर, राइडर तथा प्राविधिकहरुको सुरक्षा, पेशागत हित र विकास, राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागीत, खेलकुद तथा पर्यटनको दिगोपनामा चुनौती थपेको बताए । 

‘व्यवसायिक स्वार्थ र निजि फाइदाको लागि मात्र, खेलाडी र प्राविधिकको ट्रेनिङ्ग र गुणस्तर, सुरक्षा र खेलकुदको मूल्य र मान्यता जस्ता कुरामा खेलबाड गर्दै साहसीक खेलकुद-इभेन्ट जस्तो अतिनै संवेदनशिल खेलमा हुने कुनैपनि गैरजिम्मेवार कार्य संघलाई कदापि मान्य हुनेछैन ।’ रिसालले भनेका छन् ।

#मोटर स्पोर्ट्स
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा