आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

लयमा फर्किएका हुन् सन्दीप ?

बिहिबार, ०५ असार २०८२सन्ध्या ढुंगाना
लयमा फर्किएका हुन् सन्दीप ?
mustang rice ad

काठमाडौं। लामो समयसम्म कमजोर प्रदर्शन, बाहिरी आलोचना र भित्री दबाबबीच चुपचाप खेलिरहेका एउटा नेपाली क्रिकेटर हुन्– सन्दीप लामिछाने।

उनको नामसँग कहिल्यै कम ‘ग्ल्यामर’ जोडिएको थिएन। तर, पछिल्ला केही वर्ष उनको प्रदर्शन फिक्कापन झैं थियो। सायद उनी आफैंले पनि यो कुरा मनन गरेको हुनुपर्छ।

तर, स्कटल्यान्ड भ्रमणमा भने उनले एउटा नयाँ अध्यायको पाना पल्टाएका छन्। या भनौं हराउँदै गएको पुरानो लयमा पुनः फर्किँएका छन्। नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्यान्ड भ्रमणमा ४ मध्ये ३ खेल जित्यो। त्यो जितको रेखाचित्रमा सन्दीपको छाया बाक्लिएर बस्यो।

चार खेलमा ६ विकेट, त्यसमध्ये एउटा खेलमा ३९ रन खर्चिएर ३ विकेट। तर, आँकडा मात्रै उनको पुनरागमनको साक्षी होइनन्। त्योभन्दा गहिरो कुरा भनेको– उनी फेरि दबाबमा बलिङ गरिरहेका छन्, विपक्षीको रन गति रोकेर खेलको दिशा मोडिरहेका छन्।

उनी पुरानै लयमा फर्किएका हुन् त? यो प्रश्न अब लामो समय टिक्न सक्दैन। नेदरल्यान्ड्सविरुद्धको पहिलो टी–२० आई खेलमा नेपालका ब्याटर नराम्ररी चुके। खेल अन्ततः तेस्रो सुपर ओभरसम्म धकेलियो। जुन पुग्नै नपर्ने थियो। तर, खेल हारे पनि बलिङमा सन्दीप फेरि लयमा देखिए।

४ ओभरमा गरेका उनले १८ रन मात्र खर्चिएर ३ विकेट लिए। यदि नेपालले जितेको भए सन्दीप नै ‘प्लेयर अफ द म्याच’ हुने सम्भावना बलियो थियो। तर, हारकै बीच पनि उनले एउटा कीर्तिमानी मोड समाते।

डच टोलीविरुद्ध टी–२० आईमा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनले आफूलाई चौथो स्थानमा उकाले। उनले यो टोलीविरुद्ध ६ खेलमा ७.३७ को इकोनोमीमा १५ विकेट लिएका छन्। 

अहिले डच टोलीविरुद्ध सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा नेपाली बलर करण केसी र आयरल्यान्डका जर्ज डकरेल छन्। दुवैले समान १६ विकेट लिएका छन्। तर, बिहीबार सन्दीपसँग यी दुई बलरलाई उछिन्ने मौका छ। सायद यो उनी त्यो गुमाउन चाहँदैनन्।

स्कटल्यान्डविरुद्धको दोस्रो टी–२० मा सन्दीपको स्पिन फेरि विध्वंसक बन्यो। ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिएर उनले ४ विकेट लिए। स्कटिस टोली ९७ रनमै अलआउट भयो। नेपालले ऐतिहासिक जित दर्ता गर्‍यो र सन्दीप बने ‘प्लेयर अफ द म्याच’। यो अवार्ड उनले झन्डै डेढ वर्षपछि जितेका हुन्।

सन्दीप स्कटिसविरुद्ध टी–२० मा ४ विकेट लिने पहिलो नेपाली बलर हुन्। तर, त्यो उपलब्धिको गहिराइ अझै फराकिलो छ। उनी फेरि टिमका लागि ‘म्याच विनर’ बनेका छन्। व्यक्तिगत आँकडा पनि धेरै छन्।

टी–२० आईमा ६० खेलमा उनले ६.०६ को इकोनोमीमा ११५ विकेट लिएका छन्। ओडिआईमा ६० इनिङ्समा ४.४८ को इकोनोमीमा १२७ विकेट आफ्नो नाममा पुर्‍याइसकेका छन्। ओडिआईमा विश्वकै सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान त्यो पनि ४२ खेलमै उनकै नाममा छ।

फेरि संकटमोचक बन्ने संकेत
नेपालको राष्ट्रिय टिम अहिले नयाँ रणनीतिमा अगाडि बढिरहेको छ। तर, त्यो यात्रा तब मात्र सफल हुन्छ, जब अनुभव र क्षमता समन्वय कसिलो हुन्छ। पछिल्ला वर्ष नेपालले लगातार हार बेहोर्नुमा यो पनि एक कारण मान्न सकिन्छ। यो हारसँगै आलोचनाको सिकार बनेका सन्दीपले अहिले बलको धार तिखार्न व्यस्त देखिन्छन्।

यदि यो पुनरागमनको लय निरन्तरता दिन सके उनी फेरि टिमका लागि ‘फ्रन्टलाइन अट्याक’ बन्नेछन्। विपक्षीका लागि चिन्ता बढ्ने छ भने नेपाली टिमलाई ढुक्क हुने वातावरण निर्माण हुनेछ।

फेरि सोध्न मन लाग्ला– के सन्दीप पुरानै लयमा फर्किएका हुन् त? सायद जवाफ ‘हो’ मात्र होइन, ‘ढुक्कै हो’। किनभने स्कटल्यान्ड भ्रमणमा उनले देखाएको यो स्तरको प्रदर्शन व्यक्तिगत पुनरागमन मात्रै होइन, त्यो नेपाली क्रिकेटकै आत्मविश्वास फर्काउने सन्देश बनेको छ। 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

Bajaj Pulsar Motorcycle Ad
 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

मच्छिन्द्र फर्किए प्रवेश

मच्छिन्द्र फर्किए प्रवेश

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो