आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन

बिहिबार, २९ जेठ २०८२सन्ध्या ढुंगाना
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
mustang rice ad

काठमाडौं। प्राय: सबैले भन्छन्– सपना पूरा गर्न देश पार गर्नुपर्छ। तर, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्य गतिका बलर नन्दन यादव अहिले भन्दा हुन्– कहिलेकाहीँ आफ्नो सपना साकार पार्न घर फर्कनुपर्छ !

तीन वर्ष अघिसम्म अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेलिरहेका नन्दन गत मंसिरमा त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग खेल्न स्वदेश फर्किएका थिए।

कर्णाली याक्समा ११ लाखमा अनुबन्धित भएका उनले ठिकठाकै प्रदर्शन गरे। उनको लक्ष्य यही फ्रेन्चाइजी क्रिकेट खेलेर अस्ट्रेलिया फर्किने नै थियो। सोही लक्ष्यअनुसार उनले माघ ४ गते उड्ने सुसार कसिसकेका थिए। विमानस्थल जानुअघि नन्दनले सिराहामा रहेकी आमा समिरालाई एकपल्ट फोन लगाए।

आफू अस्ट्रेलिया फर्कन लागेको जानकारी गराउँदै आशिर्वाद लिए। विमानस्थल भित्र बोडिङ र लगेज चेकिङ गरेर उनी उड्ने पर्खाइमा थिए। तर, अचानक किन हो? नन्दनको मन एक्कासि फेरियो। त्यो दिन उनले टिकट मात्रै फालेनन्, अस्ट्रेलियाको सुनौलो सपनासमेत त्यागे। अनि नेपालमा नै केही गर्ने मनसाय बनाएर विमानस्थलबाट फर्किए।

त्यसको दुई महिनामै उनले नेपाली राष्ट्रिय टोलीमा टी–२० डेब्यु पाए। हङकङ सिरिजमा ६ विकेट लिए। ३७ रन बनाए। अब नन्दनलाई रोक्न गाह्रो हुँदै गयो। र, त्यसपछि आयो त्यो दिन… जुन दिनका लागि उनले जहाज चढ्न अस्वीकार गरेका थिए। 

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमण उनी एक दिवसीय टोलीमा पनि अटाए। भ्रमणमा निस्कनुअघि उनी त्यति खुसी थिएनन्। भन्थे, ‘टिममा पर्दैमा खुसी हुने होइन। खुसी त त्यो बेला हुने हो जब राम्रो प्रदर्शन गरेर टिमलाई जिताइन्छ।’

May be an image of 8 people

उनको भनाइ स्वाभाविक पनि थियो। स्कटल्यान्ड निस्किनुअघि लिगको अंक तालिकामा नेपाल दैनिय अवस्था थियो। १२ खेल खेल्दा जम्मा ६ अंक हात पारेको नेपाललाई जसरी पनि यो भ्रमणमा धेरैभन्दा धेरै जित निकाल्नु नै थियो।

त्यसैले दबाबमा रहेको नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ र अर्को खेलमा नेदरल्यान्डलाई ५ विकेटले पराजित गर्दै सानदार सुरुआत गर्‍यो। तर, तेस्रो खेलमा स्कटल्यान्डविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै कीर्तिमानी ३२१ रन बनाए पनि नेपाल २ रनले पराजित हुन पुग्यो। 

यी तीन खेलमा नन्दन बेन्चै रहे। तर, भ्रमणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि नन्दनले वर्षै कुरेको डेब्युको सपना पूरा भयो। उनी नेपालका लागि एक दिवसीय क्रिकेटमा डेब्यु गर्ने ४२औं खेलाडी बने।

May be an image of 5 people and text

यो कथा आज मात्रै सुरु भएको होइन। काठमाडौं, दिल्ली, श्रीलंका, अस्ट्रेलिया हुँदै उनले यो सपना पूरा गर्न वर्षौंदेखि कुरिरहेका थिए। त्यो सपना पूरा भएको दिन उनले सानदार बलिङ गरेर र ३ विकेट लिए। योसँगै नेपालले खेल १६ रनले जित्यो र यो भ्रमण सुखद् अन्त्य गर्ने अवसर बनायो।

यो जितसँगै उनी आफ्नो डेब्युमा मात्रै होइन, टिमको नतिजाले पनि दंग छन्। भन्छन्, ‘राम्रो गर्छु भनेर सोचेको थिएँ, झन राम्रो भयो खुसी छु। त्योभन्दा बढी हामीले ६ अंक लिएर जाँदैछौं। अब अगाडी पनि राम्रो गर्छौं। त्यही गर्ने चाहना भएर नै हो अस्ट्रेलिया नगई म नेपालमै बसेको।’

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

Bajaj Pulsar Motorcycle Ad
 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

मच्छिन्द्र फर्किए प्रवेश

मच्छिन्द्र फर्किए प्रवेश

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो