पाँचौं एसइई बास्केटबल सात खेल सम्पन्न
२०२५ मे २९, बिहिबारखेलपाटी संवाददाता

पोखरा। घान्द्रुक, जेपिटि, गलेश्वर निलो, त्रिसा शक्ति समाज, वियुजि, टिजी ब्रर्दर र मर्दिखोला पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिता विजयी सुरुआत गरेका छन्।
पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा बिहीबार सात खेल सम्पन्न भएका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगपालिका शिक्षा महाशाखाका अधिकृत जिवन रेग्मीले विद्यालयले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।
उनले खेलकुदको माध्यमबाट विद्यार्थीमा अनुशासित र स्वस्थ हुने बाताबरण सृजना हुने हुँदा खेलकुदको महत्व भएको उल्लेख गरे।
कुल २० टिमको सहभागिता रहेको प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुनेछ।