नेपाल हक्की संघलाई खेल सामाग्री सहयोग
-1747918406.jpeg&w=3840&q=75)
काठमाडौं। भारतीय हक्की संघले नेपाल हक्की संघलाई सहयोग स्वरुप खेल सामाग्री बिहीबार हस्तान्तरण गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्यसमेत रहेकी नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले समान ५/५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामाग्री सहयोगस्वरुप प्राप्त भएको जनाएकी छन्।
एसियाली हक्की महासंघका उपाध्यक्ष एवं भारतीय हक्की संघका महासचिव भोलानाथ सिंह, भारतीय हक्की संघका कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की संघका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहित बिहीबार नेपाल आएको टोलीले सामाग्री हस्तान्तरण गर्यो।
भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, नेपालमा हक्कीको विकासका लागि मित्रराष्ट्र भारतको सहयोग, प्रशिक्षणलगायतका विषयमा छलफल भएको थियो।
सञ्चार मन्त्री गुरुङले आगामी दिनमा पनि नेपालमा हक्कीको विकासका लागि भारतीय हक्की संघको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए।
भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्की संघले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
सो अवसरमा हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापालगायतको उपस्थिति रहेको थियो।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)







