पुरुषमा सेमिफाइनल समीकरण पूरा
सोमबार, बैशाख २२, २०८२खेलपाटी संवाददाता
-1746457651.jpeg&w=3840&q=75)
काठमाडौं। राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल पूरा भएको छ। सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको भेट अर्को विभागीय टोली एपीएफ क्लबसँग हुनेछ भने गण्डकीले नेपाल प्रहरीको सामना गर्नेछ।
पुलिसले बागमतीलाई २–० गोलले पराजित गर्यो। दुवै गोल ‘प्लेयर अफ द म्याच’ शंकर घर्तीमगरले गरे। सरोजकुमार गोलेको निर्णायक गोल मद्दतमा नवप्रवेशी टोली एपिएफले कर्णाली प्रदेशलाई १–० गोलले हरायो। सरोज नै ‘प्लेयर अफ द म्याच’ बने।
गण्डकीले मधेशलाई ३–० गोलले पाखा लागायो। गण्डकीका दीपक तामाङले दुई तथा कुशल नेपालीले एक गोल गरे। दुवै सेमिफाइनल मंगलबार हुनेछ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)







