मोड्रिचमा कायम छ खेल्ने रहर

काठमाडौं। क्रोएसियाका अनुभवी मिडफिल्डर तथा कप्तान लुका मोड्रिचले यस वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन्।
क्रोएसिया फुटबल संघ (एचएनएस) ले शनिबार मोड्रिच राष्ट्रिय टोलीका लागि अझै उपलब्ध रहेको पुष्टि गरेपछि उनको अन्तर्राष्ट्रिय करिअरबारे चलिरहेको अन्योल अन्त्य भएको हो।
मोड्रिच आगामी बुधबार ४१ वर्ष पुग्दैछन्। उनी सन् २००६ देखि क्रोएसियाको राष्ट्रिय टोलीमा खेल्दै आएका छन् र २०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनको नेतृत्वमा क्रोएसियाले सन् २०१८ को विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको थियो।
क्रोएसियाका प्रशिक्षक स्लाभेन बिलिचले मोड्रिचको निर्णयबाट आफू निकै खुसी भएको बताएका छन्। उनले भने,‘मोड्रिचले क्रोएसियाका लागि मैदानभित्र र बाहिर के योगदान दिन्छन् भन्ने हामी सबैलाई थाहा छ।’
रियल मड्रिडमा आफ्नो करिअरको अधिकांश समय बिताएका मोड्रिच गत वर्ष इटालियन क्लब एसी मिलानमा आबद्ध भएका थिए।
क्रोएसियाले सेप्टेम्बर २६ देखि अक्टोबर ६ सम्म नेसन्स लिगका खेलहरू खेल्नेछ। यस क्रममा उसले चेक गणतन्त्रको भ्रमण गर्नेछ, इङ्ल्यान्डको आतिथ्य गर्नेछ भने स्पेनसँग दुई खेल खेल्नेछ।





-1788625802942.avif&w=3840&q=75)




-1788614677708.jpeg&w=3840&q=75)

