काठमाडौं। द रियल सोल्जर्स (डिआरएस) र ट्राइब एरोमेसी (एएसटी) पब्जी मोबाइल सुपर लिग (पिएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया (सिएसए) मा छनोट भएका छन्।
तीन दिनसम्म अनलाइनमा भएको पब्जी मोबाइल एनसी साउथ एसिया प्रतिस्पर्धामा शीर्ष दुई स्थानमा रहँदै डिआरएस र एएसटीले पिएमएसएल सिएसएमा स्थान पक्का गरेक हुन्।
यसप्रतिस्पर्धामा नेपालबाट १२ सहित कूल १६ टिमले प्रतिस्पर्धा गरेका थिए। डिआरएस १२५ अंक जोडेर शीर्ष स्थानमा रह्यो। ट्राइब एरोमेसी भने ११४ अंकसहित दोस्रो भयो। ११० अंक जोडेर तेस्रो स्थानमा रहेको रोयल गुर्खाज भने प्रतियोगितामा छनोट हुन असफल भएको छ।
सिएसएमा साउथ एसियाबाट आठ र सेन्ट्रल एसियाबाट १२ गरी कूल २० टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मे तेस्रो सातादेखि सुरु हुनेछ। फाइनल चरण जुनमा हुनेछ। यसबाट शीर्ष तीन टिम साउदी अरबमा हुने पब्जी मोबाइ वर्ल्डकप २०२५ मा छनोट हुनेछन्।