इलाम। इलामको चुलाचुली गाउँपालिकाले ११ जना रग्बी खेलाडीलाई सम्मान गरेको छ। चुलाचुली गाउँपालिका अध्यक्ष कपको फाइनल कार्यक्रममा गाउँपालिकाबाट उत्पादन भएका पुरुष र महिला राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा नेपाली राष्ट्रिय यु–२० टिमका उपकप्तानद्धय चुलाचुली–३ का मनिस हिङमाङ र चुलाचुली–३ सुजा राई छन्। त्यसैगरी चुलाचुली–४ कै रोजिना साँवा, विडिसा राई, लक्की बलम्पाकी, सोन मगर, अनिता कम्मर र मिराज बिक छन्।
चुलाचुली–३ का निराजन राई र देउकुमार दास तथा चुलाचुली–५ का सन्जय लिम्बू रहेका छन्। उनीहरुलाई गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले सम्मानपत्र र दोसल्ला ओडाएका छन्।
खेलाडीको सम्मानपछि रग्बी संघका अध्यक्ष विजु लिम्बुले चुलाचुली गाउँपालिकामा सम्मान संगसगै ब्यवस्थापन र खेलाडि उत्पादन मा संधैभरि स्थानिय सरकारको हातेमालो भएको बताए।