मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आइपिएलमा १४ वर्षे वैभवको आगमन

आइतबार, ०७ बैशाख २०८२खेलपाटी संवाददाता
आइपिएलमा १४ वर्षे वैभवको आगमन
Loading ad...
mustang rice ad

काठमाडौं। १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आइपिएल)मा इतिहास रचेका वैभव सूर्यवंशीलाई अहिले सपना देखिरहेको जस्तो लागिरहेको छ। 

आइपिएल इतिहासमै सबैभन्दा कान्छो खेलाडी बनेका उनले आफ्नो इनिङ्सको पहिलो बलमै साहसी छक्का प्रहार गरेर सबैको ध्यान खिचे। बिहारबाट आएका बायाँ हातका आक्रामक ओपनर सूर्यवंशी शनिबार जयपुरमा राजस्थान रोयल्सका लागि ओपनिङ गर्दै मैदान उत्रिएका हुन्। 

उनले २० बलमा ३४ रन बनाए। उनको इनिङ्समा तीन छक्का र दुई चौका निस्किएको थियो। उनको यो इनिङ्सले राजस्थानलाई जित दिलाउन सकेन। तर, १४ वर्ष २३ दिनको उमेरमै डेब्यु गर्दै उनले विश्वभर चर्चा पाएका छन्। 

नोभेम्बर २०२४ मा भएको अक्सनमा उनी १३ वर्षमै एक लाख ३० हजार पाँच सय अमेरिकी डलरमा बिकेका थिए। तबदेखि नै उनी चर्चाको केन्द्र बनेका हुन्।स्पिन बलिङ पनि गर्न सक्ने वैभवको जन्म भारतकै सबैभन्दा गरिब राज्य बिहारमा भएको हो। 

उनका पिता सञ्जीव सूर्यवंशी किसान हुन्। कहिलेकाहीँ पत्रकारितामा पनि सक्रिय रहने गर्छन्। वैभवको क्रिकेट यात्रा निकै छिटो अघि बढेको छ। उनले १२ वर्षको उमेरमै जनवरी २०२४ मा रणजी ट्रफीबाट घरेलु क्रिकेटमा डेब्यु गरे। त्यसपछि अस्ट्रेलियाविरुद्धको सिरिजमा उनी भारतको यु–१९ टिममा छनोट भए। 

त्यसै सिरिजमा उनले ५८ बलमा शतक बनाए, जुन युथ टेस्ट क्रिकेटको दोस्रो छिटो शतक हो। त्यसअघि सन् २००५ मा इङ्ल्यान्डका मोईन अलीले कीर्तिमान बनाएका थिए।  

तर, उनलाई विश्वस्तरमा चिनाउने क्षण भने आइपिएल ‘अक्सन’ नै बन्यो। उनीमाथि भएको ‘बिडिङ वार’ले उनलाई एकाएक चर्चामा ल्याइदियो। अनुभवी भारतीय बलर शार्दुल ठाकुरको पहिलो बलमै छक्का प्रहार गरेका वैभवको भिडियो इङ्ल्यान्डका पूर्वकप्तान माइकल भानले एक्स (ट्विटर) मा सेयर गर्दै लेखेका छन्,‘यो साँच्चिकै अविश्वसनीय छ।’

भारतका पूर्वब्याट्सम्यान सञ्जय मांजरेकरले भनेका छन्,‘उनी १४ वर्षका छन्। तर, उनको सोच ३० वर्षको जस्तो लाग्छ।’ सुरेश रैनाले त अझ खुलेर भविष्यवाणी नै गरेका छन्– उनी भविष्यमा क्रिकेट कप्तान बन्नेछन्। वैभव सूर्यवंशीले अब आफ्नो क्षमता देखाउने छन्।

राजस्थान रोयल्सका प्रशिक्षक तथा भारतका पूर्वकप्तान राहुल द्रविड अक्सनअघिको ‘ट्रायल’मा नै वैभवबाट प्रभावित भएका थिए। उनी भन्छन्, ‘वैभवसँग साँच्चिकै राम्रो सीप छ।’ 

वैभवका पिता सञ्जीव अक्सनमा आफ्ना छोरा बिक्री भएसँगै तीन छक परे। उनलाई आफ्नो छोराको क्षमता देखेर बिक्री नै हुन्छन् भन्ने विश्वास थियो। तर, ‘बिडिङ वार’ नै होला भनेर चाहिँ उनले कल्पनासमेत गरेका थिएनन्। ‘म त छक्क परेको छु, के भन्नु म जान्दिनँ। हाम्रो परिवारका लागि यो ठूलो कुरा हो। मलाई लागेको थियो उनी छनोट हुनेछन्। तर, यस्तो बिडिङ वार हुनेछ भन्ने कल्पना पनि गरेको थिइनँ,’ उनी त्यो बेलाको कुरा सम्झिन्छन्।  

उनको विश्वास छ– वैभवका लागि राजस्थान सही टिम हो।  यस टिमले सञ्जु सैमसन, यशस्वी जैसवाल, ध्रुव जुरेल, रियान परागजस्ता युवालाई स्थापित गरेको छ। ‘मलाई आशा छ वैभवले पनि त्यही बाटो पछ्याउनेछ,’ उनी भन्छन्।

बिहार राज्य प्रशिक्षक प्रमोद कुमारका वैभव शान्त स्वभावका केटा हुन्। तर, क्रिकेटको कुरा आउँदा उनी दिनरात सुनाइरहन्छन्। ‘उनी संसारमा क्रिकेट खेल्नकै लागि आएका जस्तो लाग्छ,’ कुमार भन्छन्।

वैभव आइपिएल सुरु (२००८) भएको तीन वर्षपछि मात्रै जन्मिएका हुन्। आइपिएल सुरु भएपछि जन्मिएर खेल्ने मौका पाएका उनी पहिला खेलाडीसमेत बनेका छन्।

उनीभन्दा पहिलेको सबैभन्दा कान्छो खेलाडी थिए, प्रयाश रे बर्मन। १६ वर्ष १५७ दिनको उमेरमा उनले सन् २०१९ मा रोयल च्यालेन्जर्स बैंग्लुरुबाट डेब्यु गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड