शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Bhat Bhateni Supermarket Ad

कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस

बुधबार, बैशाख ३, २०८२खेलपाटी संवाददाता
कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
Classic Tech Internet Ad

काठमाडौं। लामो समयदेखि काठमाडौँको आकाशमा मडारिएको प्रदूषण केही दिनदेखि पर्न थालेको झरीले पखालेको छ। वैशाखमा पनि हल्का चिसो अनुभव हुँदै गर्दा काठमाडौँको दशरथ रंगशाला भने नेपाल सुपर लिग (एनएसएल) फुटबलको रौनकले गर्माएको छ।

तातिएको फुटबल जोसलाई अझै यादगार बनाउन र ब्राजिलको पहेँलो जर्सी लगाउँदै फुटबल हेरेर हुर्किएका नेपाली फ्यानलाई पुराना दिनहरूको ‘नोस्टाल्जिया’मा लैजान विश्वकै महान् मध्येका एक ब्राजिलियन पूर्व फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल भ्रमणमा आउने भएका छन्।

एनएसएलको निमन्त्रणामा यही शुक्रबार नेपाल आउन लागेका रोबर्टो कार्लोसको पूरा नाम रोबर्टो कार्लोस दा सिल्भा रोचा हो। फुटबल इतिहासकै उत्कृष्ट लेफ्ट-ब्याक खेलाडीका रूपमा परिचित कार्लोस तीव्र गतिमा शक्तिशाली प्रहार गर्न माहिर खेलाडी हुन्। उत्कृष्ट फ्रिकिक प्रहार गर्ने कलाका निम्ति विश्व प्रसिद्ध कार्लोसले सन् १९९७ मा फ्रान्सविरुद्ध खेल्दा प्रहार गरेको ‘बनाना सट’ फ्रिकिकलाई आजसम्म पनि असम्भव प्राय: फ्रिकिकका रूपमा लिने गरिन्छ जसमा बलले अचम्मको ‘टर्न’ लिएर सोझै गोलपोस्ट चुम्न सफल भएको थियो।

आफ्नो क्लब करिअरमा उनले स्पेनिस ला लिगाको सर्वाधिक सफल क्लब रियल मड्रिडमा लामो समय बिताएका थिए। सन् १९९६ देखि २००७ सम्म रियलका लागि खेल्दै उनले ५८४ खेलमा ७१ गोल गरेका छन्। त्यहाँ उनले चार पटक ला लिगा र तीन पटक युइएफा च्याम्पियन्स लिग जितेका छन्। त्यसअघि उनले इटालीको इन्टर मिलान र ब्राजिलको पाल्मिरसजस्ता क्लबहरूमा पनि खेलेका थिए।

ब्राजिलको राष्ट्रिय टिमबाट सन् १९९२ मा डेब्यु गरेका कार्लोसले सन् २००६ सम्म अन्तर्राष्ट्रिय खेल खेलेका थिए जसमा उनले १२५ खेलहरू खेल्दै १० गोल गरेका छन्। सन् १९९८ को फिफा विश्वकपमा ब्राजिल उपविजेता बन्दा र सन् २००२ को फिफा विश्वकपमा ब्राजिलले उपाधि चुम्दा महान् खेलाडीहरू रोनाल्डो, रिभाल्डो, डुंगा र काफुसँगै कार्लोसको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो। सन् २००७ पछि फुटबलबाट बिस्तारै बिदा लिएका कार्लोसले त्यसपछि भने कोचिङ तथा फुटबल व्यवस्थापनमा आफूलाई संलग्न गराउँदै आएका छन्।

फुटबलका पहिलो पुस्ताका ग्लोबल सुपरस्टारहरूको सूचीमा पर्ने कार्लोसलाई बहुचर्चित ग्यालेक्टिकोस युगको महत्त्वपूर्ण हिस्साको रूपमा पनि सम्झिने गरिन्छ। एक्काइसौँ शताब्दीको सुरुवातसँगै रियल म्याड्रिडले विश्वका चर्चित खेलाडीहरूलाई महँगो मूल्यमा टिममा आबद्ध गरेर बलियो टोली निर्माण गर्ने क्रम सुरु गर्‍यो। मड्रिडका महत्त्वकांक्षी अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुरु गरेको यस अभियानमा रोनाल्डो, डेभिड बेकह्याम, जिनेदिन जिदान र लुइस फिगोसँगै रोबर्टो कार्लोसजस्ता खेलाडीहरूले पनि ठूलो धनराशि र प्रभावशाली ब्रान्डिङ पाएका थिए। यसले विश्वकप सँगसँगै क्लब फुटबलको प्रभाव पनि व्यापक रूपमा विस्तार गर्न सफल भयो जसको तरंग नेपालमा पनि आइपुगेको थियो। नेपालमा पनि प्रिमियर लिग, ला लिगा, सिरी ए जस्ता प्रतिष्ठित युरोपियन लिग, त्यसका क्लब र खेलाडीहरूको फ्यान बेस बढ्न सुरु भयो।

फुटबल खेल नेपालमा लामो समय अघिदेखि नै लोकप्रिय रहँदै आएको छ। विश्व फुटबलका महान् खेलाडी पेलेका बारेमा किंवदन्ती जसरी पढ्दै आएका नेपालीहरूले पहिलो चोटि अर्का महान् खेलाडी म्याराडोनाको खेल टेलिभिजनको पर्दामा हेर्न पाएका थिए। नेपालमा केवल टेलिभिजनको आगमनसँगै बढेको फुटबलको आकर्षण सन् १९९० को दशकको मध्यतिर ज्यादा फैलिन पायो। नेपाली प्रशंसकहरूमा ब्राजिल र अर्जेन्टिना भनेर कित्ताकाट गर्ने फ्यानडमको तीव्र विकास पनि यही समयमा भयो। यस युगमा फिफा विश्वकप प्रसारणको बढ्दो पहुँच र लोकप्रियताले गर्दा विश्वका धेरै खेलाडीका नाम घरघरमा सुनिन थाले। फुटबलको यो बढ्दो एक्सपोजरले नेपालीहरूमा यस खेलप्रति जोस बढ्न थाल्यो। त्यसै कालखण्डमा आक्रामक फुटबल र प्रतिभावान् खेलाडीहरूले सुसज्जित ब्राजिलको टिमले दक्षिण एसिया र नेपालमा आफ्नो प्रशंसकहरूको ठूलो सङ्ख्या कमाउन सफल भयो।

नब्बेको दशकमा हुर्किएका नेपालीहरूमा रोबर्टो कार्लोसका अलावा रोमारियो, बेबेटो, रोनाल्डो, रिभाल्डो जस्ता दिग्गज ब्राजिलियन खेलाडीहरूको लोकप्रियता उल्लेख्य रूपमा पाइन्छ। उनीहरूको खेल कौशल र व्यक्तित्वले नेपाली फ्यानहरूलाई मोहित बनाएको छ। विश्वकपमा ब्राजिलको प्रदर्शन र उल्लेखित खेलाडीहरूको टिमले जमाएको एकछत्र प्रभुत्वले धेरै नेपाली फुटबल उत्साहीहरूले यसलाई मन पर्ने टोलीको रूपमा आफ्नो हृदयमा सजाएका थिए।

रोबर्टो कार्लोस जस्ता खेलाडीहरूले फुटबलमा फुल-ब्याकको भूमिकालाई पुनः परिभाषित गरेको मान्न सकिन्छ। त्यति बेला फरवार्ड भनिने स्ट्राइकरहरूले सधैं लाइमलाइट र जितको श्रेय लैजाने गर्दथे र प्राय: ब्याक पोजिसनमा खेल्ने डिफेन्डरहरू भने छायामा पर्दथे। तर कार्लोस जस्ता खेलाडीहरूले आफ्नो सटिक फ्रिकिक एवम् गतिशील र प्रभावशाली आक्रमणद्वारा आफ्नो पोजिसनलाई पनि आकर्षक र अर्थपूर्ण बनाए।

तीसौं वर्ष अघिको उनको फ्रिकिक र पावर फुल सटहरू आजपर्यन्त चर्चामा छन्। टिकटक जस्ता प्लेटफर्महरूमा उनको अद्वितीय क्षमता, गति, शक्ति र सटिक निशाना सहितको फ्रिकिकका क्लिप्सहरू आज पनि सान्दर्भिक रहनुले नयाँ पुस्तामा पनि उनी चर्चाको विषय बनिरहेका छन् भन्न सकिन्छ। यसमा  नेपालका नयाँ फुटबल फ्यानहरू पनि उत्तिकै संलग्न देखिएका छन्।

फुटबलको पर्यायको रूपमा चिनेको ब्राजिल, त्यसको पनि स्वर्णिम पुस्ताको एक हुन् हस्ती रोबर्टो कार्लोस। आफ्नो खेल कौशलले कल्ट फिगर बनिसकेका तिनै कार्लोसलाई नेपालको आफ्नै लिग नेपाल सुपर लिगको दौरान दशरथ रङ्गशालामा हेर्न फ्यानहरू कति आतुर होलान्! यो अनुभव त सम्झिँदा मात्र पनि अति उत्साहवर्द्धक र रोमाञ्चक छ!

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

Bajaj Pulsar Motorcycle Ad
रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

एरिका सम्मानित

एरिका सम्मानित

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक