ललितपुरस्थित रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार बिहान भएको प्रतिस्पर्धामा बानेश्वर हाईट ब्याडमिन्टन क्लबका अनन्त लुईटेल र टेन्डी शेर्पाको जोडीलाई २१–७, २१–१३ को सोझो सेटमा पराजित गर्दै महर्जन र श्रेष्ठको जोडी प्रिक्वाटरमा स्थान बनाउन सफल भएको हो ।
भिमसेनगोलास्थित आयोजकको खुला कोर्टमा भएको प्रतियोगिताको अर्को खेलमा जोरपाटी ब्याडमिन्टन क्लबका कृष्ण थापा र कुमार बि.क.को जोडीले प्रिक्वाटरमा स्थान पक्का ग¥यो ।
थापा र बि.क.को जोडीले पंच कुमारी क्लबका प्रणव घिमिरे र बिरेन्द्र कुँवरको जोडीलाई २१–१४, २१–१७ ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरेका हुन् ।