काठमाडौं । आयोजक किङ्गकम स्पोर्टस् क्लबका केशब पौडेल र रञ्जित सिंहको जोडी नवौं बबिन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम १६ मा प्रवेश गरेका छन् ।
मंगलबार भएको प्रतिस्पर्धामा केशभ र रञ्जितको जोडीले जेष्ट ब्याडमिन्टन क्लबका संजीव भण्डारी र प्रियांसु सिंह क्षेत्रीको जोडीलाई २१–१८, २२–२० को सोझो सेटमा पराजित गरे ।
आयोजककै ध्रुव लामा र नारायण बहादुर पाण्डेको जोडी पनि अन्तिम १६ मा प्रवेश गरे । लामा र पाण्डेको जोडीले मान बहादुर ब्याडमिन्टन क्लबका जय राई र सुजन राईको जोडीबाट वाक ओभार प्राप्त गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् ।
भिमसेनगोलास्थित आयोजकको खुला कोर्टमा भएको प्रतियोगिताको अर्को खेलमा आयोजकका दिनेश थुलुङ्ग राई र दीपक थापा मगरको जोडी पंच कुमारी क्लबका सिमान्त लामिछाने र दिनेश कार्कीको जोडी संग पराजित भयो । लामिछाने र कार्कीको जोडीले राई र मगरको जोडीलाई २१–१९, १४–२१, २१–१७ ले पाखा लगाए ।