काठमाडौं। शिभाली गुरुङले अन्तर्राष्ट्रिय टेनिसमा इतिहास रचेकी छन्।
१३ वर्षीया गुरुङले श्रीलंकाको कोलम्बोमा जारी आइटिएफ जे ३०को डबल्सतर्फ उपाधि जित्दै इतिहास रचेकी हुन्। साथै उनी सिंगल्सतर्फ सेमिफाइनलसम्म पुग्न सफल भइन्।
सेमिफाइनलमा उनले श्रीलंकाको शीर्ष वरीयता प्राप्त खेलाडी दिनारा डी सिल्भाविरुद्ध उत्कृष्ट प्रदर्शन गरिन्। यसअघि डिसेम्बर २०२४ मा पोखरामा आयोजित आइटिएफ जे ३० प्रतियोगितामा उनी सिंगल्सतर्फ रनर–अप भएकी थिइन्।
शिभालीकाे अन्तर्राष्ट्रिय खेल यात्रामा भाटभटेनी सुपरमार्केटले प्रायाेजन गरेकाे छ। एक महिना अघिमात्र भाटभटेनीले शिभालीलाई २० लाख रूपैयाँकाे प्रायाेजन गरेकाे थियाे।