आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नेपाल ओलम्पिक कमिटीको बैंक खाता रोक्का गरिने

बिहिबार, ०३ माघ २०८१खेलपाटी संवाददाता
नेपाल ओलम्पिक कमिटीको बैंक खाता रोक्का गरिने
mustang rice ad

काठमाडौं। सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बैंक खाता रोक्का गर्ने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको ११९ औं बोर्ड बैठकले अवैधानिक चुनाव गरेको एनओसीको बैंक खाता रोक्ने निर्णय गरेको हो।  ‘एनओसीको बैंक खाता रोक्ने विषय अघि बढाउने प्रकृया अघि बढेको छ। हेर्दै जाऊ के के हुन्छ ,’ राखेपका अध्यक्ष एवंयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने 

सर्वोच्च अदालतको आदेश, सरकारको निर्देशन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को स्वीकृतिबिनै जीवनराम श्रेष्ठले गत पुस १३ गते अनलाइनलमार्फत एनओसीको निर्वाचन गरेर आफूलाई अध्यक्षमा स्वघोषणा गरेका थिए। अध्यक्षका अर्का उम्मेदवार निलेन्द्रराज श्रेष्ठले अदालतको आदेश उल्लंघन हुने भन्दै अनलाइन भोटिङमा सहभागी भएनन्। अन्तिम मतदान प्रक्रियालाई सात खेल संघले बहिष्कार गरेका थिए भने उपाध्यक्षमा निर्विरोध निर्वाचन भएको घोषणा गरिएका प्रकाश राणाले अदालती आदेश र सरकारको निर्देशनको पालना गर्ने भन्दै पदबाट राजीनामा दिए।

जीवनरामको निर्वाचन मान्यता नदिन र निष्पक्ष छानबिन गर्न भन्दै सरकारले आइओसीलाई पत्राचारसमेत गरिसकेको छ। एनओसीको विवादित निर्वाचनलाई आइओसी र ओलम्पिक कमिटी अफ एसिया (‌ओएसी)ले अहिलेसम्म मान्यता दिएका छैनन्।

राखेप बोर्ड सदस्य दीपेन्द्र विष्टका अनुसार बैठकले नेपाल सरकारबाट एनओसीलाई हुने सम्पूर्ण सहयोग रोक्नेसमेत निर्णय गरेको छ। ‘एनओसीले राखेप र अदालतको निर्णयसमेत नमानेको र एकलौटी रूपमा गरेका निर्णय कानुनसम्मत समेत नभएकोले सम्पूर्ण सहयोग रोक्ने निर्णय हो। सो सम्बन्धी निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेतलाई लेखि पठाउने निर्णय भएको छ,’ उनले भने।

एनओसीको निर्वाचनमा संस्थागत रूपमा गएका खेल संंघहरूलाई किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिएको उनले जनाए। ‘खेल संघको निर्णय नभई सोझै उम्मेदवारी या मतदान गरेकाहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार सम्बन्धित निकायमा लेखि पठाउने निर्णयसमेत गरेको छ,’ उनले भने। तर, एनओसीमा आफूले प्राप्त गरेको पद तीन दिनभित्र छोडेर आएको हकमा भने सफाइको मौकासमेत दिइने बैठकको निर्णय छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित

रिषभ फेरि घाइते

रिषभ फेरि घाइते

 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा