बुटवल। विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् ।
बुटवलको रामनगर खेल मैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३ १ को सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो। आर्मीले मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गर्यो।
पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको हो। योसँग गुजरात र मणिमुकुन्दले तेस्रो स्थानका लागि भिड्ने भएका छन्। फाइनल र तेस्रो स्थानको खेल बिहीबार हुनेछ।
प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पाउने छन्। तेस्रो हुने टोलीले एक लाख ७५ हजार र चौथोले एक लाख रुपैयाँ पाउनेछ ।