पुलिस सेमिफाइनलमा
सोमबार, पुष २२, २०८१खेलपाटी संवाददाता

बुटवल। विभागीय टोली नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा समूह विजेताका बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
बुटवल उपमहानगरपालिका १०स्थित रामनगर खेलमैदानमा सोमबार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ को विजेता बनेको हो। पुलिसले २५–१८, २५–१९, २८–२६ ले खेल आफ्नो पक्षमा पार्यो।
लगातार तेस्रो जितसँगै पुलिसले नौ अंक जोड्यो। पुलिसले यसअघि आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको थियो । पुलिसको जितसँगै मणिमुकुन्द भलिबल क्लब पनि अन्तिम चारमा प्रवेश गरेको छ।















