शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

२७ संघलाई राखेपले सोध्यो स्पष्टिकरण

आइतबार, २१ पौष २०८१खेलपाटी संवाददाता
२७ संघलाई राखेपले सोध्यो स्पष्टिकरण
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल ओलम्पिक कमिटी एनओसीमा निर्वाचनमा सहभागी बनेका २७ खेलकुद संघलाई स्पष्टिकरण सोधेको छ । 

अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै एनओसी निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई स्पष्टिकरण सोधेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम भएको निर्देशन पालना नगरेको देखिएकाले तीन दिनभित्र उचित कारण सहितको प्रष्टिकरण दिन खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशन अनुसार राखेपले संघहरुलाई पत्र काटेको हो । 

‘ओलम्पिकको विधान संशोधन, साधारण सभा तथा कार्यसमितिको निर्वाचन जस्ता काम कारबाही प्रचलित कानूनी व्यवस्था, ओलम्कि चार्टर र सम्मानित उच्च अदालत पाटन र सर्वोच्च अदालतबाट उल्लेखित मितिमा भएको अन्तरिम आदेशको विरुद्ध हुने भएकाले राखेपले त्यस्तो गैरकानूनी काम कारबाहीमा राष्ट्रिय खेल संघ÷महासंघले भाग नलिनु, सहभागी नहुनु भनि नियमक निकायबाट प्रचलित कानुन बमोजिम पटक पटक दिएको निर्देशन के कति कारणले पालना नगर्नु भएको हो ?’ राखेपको स्पष्टिकरण पत्रमा भनिएको छ ।

सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशनलाई अवज्ञा गर्दै जीवनराम श्रेष्ठले आफुलाई नेपाल ओलम्पिक कमिटीको तेस्रो कार्यकालको अध्यक्ष घोषणा गरेका छन् । उच्च अदालत पाटनको आदेश विपरित विधान संशोधन गराएको जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनलाई लत्याउँदै नयाँ कमिटी निर्वाचित भएको घोषणा गरेको छ । विधान संशोधन गर्दै आजीवन अध्यक्ष बन्ने रहर जीवनराम श्रेष्ठले गरेपछि घरेलु खेलकुद नयाँ विवादको भूमरीमा फसेको छ । 

ओलम्पिकको मतदान प्रकृयामा नेपाल कबड्डी संघ, नेपाल टेबल टेनिस संघ, नेपाल आर्चरी संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ, नेपाल बक्सिङ संघ, नेपाल क्यानोईङ र्याफ्टिङ संघ, नेपाल साईक्लिङ संघ, नेपाल गल्फ संघ, नेपाल जिन्म्याष्टिक संघ, नेपाल ह्यान्ड बल संघ, नेपाल जुडो संघ, नेपाल कराँते महासंघ, नेपाल टेबल टेनिस संघ, नेपाल स्कि संघ, नेपाल पौडी संघ, नेपाल तेक्वान्दो संघ, नेपाल भलिबल संघ, नेपाल भारत्तोलन संघ, नेपाल उसु संघ सहभागी थिए । मतदान प्रकृयालाई ७ खेल संघले बहिष्कार गरेका थिए । नेपाल ट्रायथलन संघ, नेपाल फेन्सिङ संघ, अखिल नेपाल फुटबल संघ, नेपाल एथलेटिक्स संघ, नेपाल कुस्ती संघ, नेपाल सुटिङ संघ, नेपाल हक्की संघले मतदान बहिष्कार गरेका थिए । 

अदालतको आदेश र सरकारी निर्देशनलाई लत्याउँदै जीवनराम श्रेष्ठको अवैधानिक चुनावमा सहभागी हुने संघ र त्यसका पदाधिकारीलाई कारबाही गर्ने तयारी सरकारले गरेको छ । खेलकुद मन्त्री तेजुलाल चौधरीले अवैधानिक चुनावमा सहभागी हुने संघका पदाधिकारीलाई कारबाही गर्ने दृढता सार्वजनीक मञ्चमा उभिब्यक्त गर्ने गरेका छन् । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अडिक यूईएफए

अडिक यूईएफए

रोड्रीको रोजाइमा परेन रियल

रोड्रीको रोजाइमा परेन रियल

रियलमै बस्ने भए भिनिसियस

रियलमै बस्ने भए भिनिसियस

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने