काठमाडौं । नयाँ नेतृत्वको निर्वाचनका लागि रोयल नेपाल गल्फ क्लबको साधारण सभा भोली (शुक्रबार) हुने भएको छ । काठमाडौंको गौचरणमा हुने क्लबको साधारण सभा अपरान्ह ४ बजे सुरु हुनेछ ।
१५ सदस्यीय कार्यसमितिमा अध्यक्ष बाहेक अन्य पदमा सहमती जुटेको छ । तर अध्यक्ष पदमा उपाध्यक्ष टासी घले र प्रचण्ड बहादुर श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।
श्रेष्ठ क्लबका पुर्व अध्यक्ष समेत रहेका छन् । सहमतीको प्रयास विफल भएपछि दुवै जना अध्यक्षमा प्रतिस्पर्धा गर्ने तय भएको हो । टासी नेपाल गल्फ एशोशियशनका वर्तमान अध्यक्ष समेत हुन् ।
निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजे मतदान सुरु हुनेछ । मतदानमा करिब सय जनाले सहभागिता जनाउनेछन् ।
क्लबको अन्य पदाधिकारीमा भने सर्वसम्मती बनेको छ ।
उपाध्यक्षमा मेजर एनके राई, क्याप्टेनमा राजेन्द्रमान श्रेष्ठ, लेडी क्याप्टेनमा पवित्रा याक्थुम्बा र भाईस क्याप्टेनमा राजेन्द्र श्रेष्ठको नाममा सहमती जुटेको छ ।
त्यस्तै कार्यसमिति सदस्यमा श्रीहर राणा, क्याप्टेन एमबी लिम्बु, एमएल सिन्या, रञ्जित बराल, समिर आचार्य, रविन राना, मनोहर मुल, पी वाङ्दी लामा, तेज राई र रञ्जय पौडेल सर्वसम्मत भएका छन् ।