काठमाडौं। गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो पराजय बेहोरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा इरानको यु–१८ टोलीसँग गण्डकी ३–२ को सेटमा पराजित भएको हो। गण्डकीले पहिलो खेलमा माल्दिभ्सको एचडिसी क्लबसँग ३–२ को हार बेहोरेको थियो।
आइतबार भएको दोस्रो खेलमा हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा पाखा लगायो। इरानी टोलीले भने माल्दिभ्सको क्लब एचडिसीमाथि ३–२ को रोमाञ्चक जित निकाल्न सफल भएको थियो। लगातार दोस्रो जितसँगै इरानी टोलीले दुई खेलमा चार अंक जोडेको छ। पराजित गण्डकीको तीन खेलमा दुई अंक छ।
गण्डकीले सुरुआती दुई सेट २८–२६, २५–२३ ले आफ्नो पक्षमा पारेको थियो। तर, त्यसपछिका तीन सेट २१–२५, २२–२५ , १३–१५ ले गुमायो।