काठमाडौं । त्रिपुरेश्वरस्थित कभर्ड हलमा अर्को साता सञ्चालन हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०२४ को ट्रफी वुधबार सार्वजनिक गरिएको छ ।
च्याम्पियन टिमलाई दिइने ट्रफी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले एक समारोहविच अनावरण गरे ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले पहिलोपल्ट पुरुष क्लब च्याम्पियनसिपको कार्यक्रम ल्याएको हो र पहिलो संस्करणमै उक्त प्रतियोगिता नेपाल भलिबल संघले मंसिर २२ देखि २७ गतेसम्म आयोजना गर्न लागेको हो ।
च्याम्पियनसिपमा घरेलु दुई टिमसहित चार देशका ५ टिमले प्रतिस्पर्धा गनेछन् । आयोजक देशका भएको नाताले नेपालका दुई टिमले अवसर पाएको हो ।
एनभीए लिग विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशसँगै इरानको चादौर मालो क्लब, भारतको क्यालिकट हिरोज, माल्दिभ्सको एचडीसी क्लबले चुनौती प्रस्तुत गर्नेछन् ।
राउन्ड रोेबिन लिगका शीर्ष चार टिम सेमिफाइनलमा भिड्नेछन् । त्यसपछि नयाँ ट्रफी कब्जा गर्नको लागि फाइनल हुनेछ ।