काठमाडौं । काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालले हार ब्यहोरेको छ ।
श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल उपाधिबाट बिमुख भएको छ ।
फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित बन्यो ।
पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो ।
दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथों सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो ।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।