काठमाडौं । काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले शनिबार उज्वेकिस्तानसँग खेल्दैछ ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको उपाधिका लागि नेपालले उज्वेकिस्तानलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
नेपाल समूह चरणको खेलमा लिगको दोस्रो स्थानमा रहदै फाइनल प्रवेश गरेको हो । तुर्कमेनिस्तानसँग समान अंक भएपनि जित अन्तरका आधारमा नेपाल फाईनल प्रवेश गरेको हो ।
उज्वेकिस्तान सतप्रतिशत जित सहित फाइनल प्रवेश गरेको हो । उसले समूह चरणका सबै ५ खेलमा जित निकालेको छ ।
फाइनल खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे हुनेछ ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो ।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।