काठमाडौं । काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले शुक्रबार तुर्कमेनिस्तानसँग खेल्दैछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानसँग खेल्न लागेको हो ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।
उज्वेकिस्तान ११ अंक सहित पहिलो र तुर्कमेनिस्तान १० अंक सहित दोस्रो स्थानमा छ ।
नेपाल ७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलबाट शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछ ।
नेपाल हिजो बिहीबार चौथों खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित बनेको थियो ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो । नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।