काठमाडौं । काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार किर्गिस्तानसँग खेल्दैछ ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको समूह चरणको चौथों खेलमा नेपालले किर्गिस्तासनसँग खेल्न लागेको हो ।
खेल स्थानीय समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल प्रतियोगिताको तेस्रो जितको खोजीमा रहनेछ । नेपालले समूह चरणका तीन खेल मध्य दुई खेलमा जित र एकमा हार ब्यहोरेको छ ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सेटमा हराएको थियो । दोस्रो खेल उज्वेकिस्तानसँग ३–१ ले गुमाएको नेपालले तेस्रो खेलमा बुधबार माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।