काठमाडौं। नेपालले काभा यु-२० च्याम्पियनसिपमा दोस्रो जित हासिल गरेको छ। श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेल नेपालले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा पराजित गरेको हो।
नेपालले खेल २५-५, २५-१२, २५-२० ले आफ्नो पक्षमा पार्यो। जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ।
यसअघि नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। तर, उज्बेकिस्तानसँग भने ३-१ सेटमा पराजित हुन पुग्यो।
नेपालले अब बिहीबार किर्गिस्तानको सामना गर्नेछ।