काठमाडौं। गण्डकी थन्डर्स र मधेश युनाइटेड एभरेस्ट महिला भलिबल लिगको शीर्ष दुईको होडबाट बाहिरिएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौं स्पाइकर्सले मधेशलाई ३–१ सेटमा पराजित गरेसँगै दुई खेल खेल्न बाँकी गण्डकी पनि प्रतियोगिताबाट बाहिरिएको हो।
राउन्ड रोबिनमा चलिरहेको लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच असोज १९ मा फाइनल खेल हुने तय छ। तर, एक खेल खेल्न बाँकी मधेश अंकविहीन छ भने गण्डकीले तीन खेलबाट एक अंक मात्रै प्राप्त गरेको छ।