काठमाडौं। काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो।
जितसँगै ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ। अंकविहीन रहेको मधेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
मधेशले पहिलो सेट १५–२५ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, त्यसपछिका तीन सेटमा भने उस्तै प्रदर्शन कायम राख्न सकेन।
दोस्रो सेटमा टक्कर दिएपछि मधेशको पक्षमा नजिता हात परेन। उक्त सेट काठमाडौंले २५–२३ ले जित्यो। त्यसपछिका दुई सेट पनि काठमाडौंले २५–१५ र २५–१८ ले आफ्नो बनायो।