चितवन शक्तिको दोस्रो जित, तेस्रो खेलमा पनि हार्यो मधेश
बुधबार, असोज १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको खेलमा चितवनले मधेश युनाइटेडमाथि ३–१ सेटको जित निकालेको हो।
लगातार तेस्रो हार बेहोरेको मधेशको उपाधि होडसम्म पुग्ने सम्भावना कमजोर बनेको छ। पहिलो २५–२० र दोस्रो सेट २५–१९ ले जितेको थियो। तर, तेस्रो सेट भने १९–२५ ले गुमाउन पुग्यो।
यद्यपि, चौथो सेटमा पुनरागमन गर्दै चितवनले २५–२१ को जित निकाल्यो।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


