काठमाडौं। कर्णाली एसभिएसले एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार भएको खेलमा गण्डकी थन्डर्सलाई कर्णालीले ३–२ को सेटमा पराजित गरेको हो।
सोमबार भएको खेलमा कर्णालीले मधेश युनाइटेडमाथि ३–१ सेटको जित निकालेको थियो। गण्डकीको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा गण्डकी चितवन शक्तिसँग ३–१ सेटमा पराजित भएको थियो।
कर्णाली पहिलो सेट १५–२५ ले गुमाएको थियो। तर, दोस्रो सेटबाट भने कर्णालीले पुनरागमन गर्ने संकेत देखाउन थाल्यो। त्यसैले सेट चारमा लम्बिन पुग्यो। दोस्रो सेट कर्णलीले २५–२२ ले आफ्नो बनाउँदै १–१ मा ल्यायो।
तेस्रो सेटमा पनि हाबी हुँदै कर्णालीले २५–१७ ले जित्यो। तर, चौथो सेट गण्डकीले १९–२५ ले जितेपछि खेल पाँचौं सेटमा पुग्यो। उक्त सेटमा गण्डकीले कर्णालीला चुनौती प्रस्तुत गरेपनि १५–१२ ले गुमाउन पुग्यो।